‘यहाँ लाला फित्ता धारी र स्वेता फित्ता धारीको व्यवहार भएको छैन’-सञ्‍चार मन्त्री

‘यहाँ लाला फित्ता धारी र स्वेता फित्ता धारीको व्यवहार भएको छैन’-सञ्‍चार मन्त्री


काठमाडौं । सरकारले ललिता निवासको जग्गा प्रकण छानविनदेखि मुद्दा दायरसम्म कसैलाई विभेद नगरेको दाबी गरेको छ । .

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न विहिबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले ललिता निवास जग्गा प्रकरणको छानविनमा “लाल फित्ता धारी र स्वेतफित्ता धारीको व्यवहार ” नगरेको दाबी गरे । बिजय कुमार गच्छदार माथिको कारवाही पूर्वग्राही भएको भन्ने संचारकर्मीको जिज्ञासामा उनले सरकारले कसैलाई पनि विभेद नगरेको बताएका हुन्।

उनले भने “यहाँ लाला फित्ता धारी र स्वेता फित्ता धारीको व्यवहार भएको छैन । यो कानून प्रयोजनको कुरा हो ।”

उनले बालुवाटारको जग्गा प्रकरणमा संलग्नताको आधारमा विभिन्न चरण चरणमा वर्गिकरण गरि सोही अनुसारको मुद्दा दायर गरिएको बताए । उनले भने “बालुवाटारको घटना आज भएको होइन र सूचना प्राप्त भएपछि कारवाही थालेको हो । यसमा १ सय ७५ जनालाई कुलमा मुद्दा चलाइएको छ । पहिलो श्रेणीमा सरकारी सेवा सुविधा लिएर निवासको जग्गालाई व्यक्तिको नाममा दर्ता गराउने कार्यमा संलग्न देखियो उनीहरु मुद्दा चलाएको छ । जग्गाको धनी वा मोही दाबी गरेर सार्वजनिक जग्गा आफ्नो नाममा ल्याउनेहरुलाई सरकारी जग्गा आफ्नो नाममा ल्याएको अभियोग लगाइएको छ । त्यसैगरी आफ्नो स्वामित्व भएका ६५ जनालाई र्किते गरी व्यक्तिको नाममा ल्याएको जग्गा किन्नेलाई पनि मुद्दा दाबी गरिएको छ ।”

उनले अदालती प्रक्रिया सुरु भइसकेकाले अदालतको फैसलालाई सरकारले कार्यान्वयन गर्ने स्पष्ट पारे । उनले भने “प्रक्रिया सुरु भयो अब अदालतमा गएको छ । अब अदालतले जे फैसला गर्छ त्यो नै अन्तिम फैसला हुन्छ । त्यो नै सरकारले कार्यान्वयन गर्ने हो । दोषी ठहरिनु भयो भने त के लाग्छ त बाबा ? हामी केही पनि गर्न त सक्दैनौ । ”

 

Logo