भक्तपुर दरबार स्क्वायरमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम सेवा

भक्तपुर दरबार स्क्वायरमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम सेवा


काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भक्तपुर दरबार स्क्वायर क्षेत्रमा महानगरिय प्रहरी परिसर तथा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा एटिएम सेवा संचालनमा ल्याएको छ ।

उक्त एटिएम सेवाको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले बुधबार एक समारोहका बीच समुद्घाटन गरे । नेपालको सांस्कृतिक तथा पुरातात्विक महत्वको विश्व सम्पदा सूचिमा रहेको भक्तपुर दरबार स्क्वायर क्षेत्रमा सरकारी बैंकको सेवाले यस क्षेत्रको महत्व बढेको र अन्य सम्भावित क्षेत्रमा पनि बैंकिङ्ग सेवा दिनुपर्ने बताए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले संभावित क्षेत्रमा बैंकिङ्ग सेवा दिने बताउँदै उक्त एटिएमबाट चौबीसै घण्टा सेवा उपलब्ध हुने बताए ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । बैंकको ३ नं. प्रादेशिक प्रबन्धक सोनी श्रेष्ठको सभापतित्वमा सम्पन्न समारोहको संचालन शाखा कार्यालय सुर्यविनायकका प्रबन्धक मुरारीप्रसाद दंगालले गरेका थिए ।

बैंकले हाल ७७ जिल्लामा रहेको २३८ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ्गबाट सवा प्रदान गर्दै आइरहेको छ ।

Logo