वरिष्ठ पत्रकार दुर्गानाथ शर्मा रहेनन्

वरिष्ठ पत्रकार दुर्गानाथ शर्मा रहेनन्


काठमाडौं ।

वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको बुधबार निधन भएको छ। उनको उपचारका क्रममा बिहान ११ बजे राजधानीको मनमोहन अस्पतालमा निधन भएको हो ।

गंगालाल अस्पतालमा ५ दिन उपचार गरेपछि त्यहाँ सम्भव नभएका कारण उनलाई गएराती मात्र मनमोहन अस्पतालमा लगिएको थियो । उनको मनमोहन अस्पतालमै निधन भएको हो ।

शर्माको २४ वर्ष पहिले ओपन हार्ट सर्जरी गरिएको थियो । २००४ सालमा इलाममा जन्मिएका शर्माले लामो समय नेपाल टेलिभिजनमा काम गरेका थिए । उनको शव आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

Logo