सौगात मल्ल अभिनित चलचित्र ‘मन्त्र’ को पोस्टर सार्वजनिक

सौगात मल्ल अभिनित चलचित्र ‘मन्त्र’ को पोस्टर सार्वजनिक


काठमाडौं ।

सौगात मल्ल अभिनित चलचित्र ‘मन्त्र’को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा कुनै पनि कलाकारलाई स्थान भने दिइएको छैन ।

खिल बहादुर गुरुङले निर्देशन गरेको चलचित्रले हिमाली भेगको कथा उठाएको छ । लभस्टोरी कथावस्तुमा बनेको चलचित्रमा सौगातसँगै दीया पुन, बुद्धी तामाङ, नमिता घिसिङ, वीर बहादुर लामा लगायतको मुख्य भूमिका छ ।

मुभी र्याकको व्यानरमा निर्मित सिनेमामा संजय लामाको छायांकन, मित्र डी गुरुङको सम्पादन र शम्भुजित बाँस्कोटारसन्तोष सुनारको संगीत छ ।

देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको चलचित्रको निर्माता मनोज राजभण्डारी हुन् भने सह-निर्मातामा रविराज कार्की, सुरेश कार्की, वीर बहादुर लामा र शुभ श्रेष्ठ छन् । चलचित्रको प्रदर्शन मिति भने तय भैसकेको छैन ।

Logo