मेलवर्नविरुद्ध सन्दीपकाे कसिलो बलिङ

मेलवर्नविरुद्ध सन्दीपकाे कसिलो बलिङ


अस्ट्रेलियामा जारी बिग बास अन्तर्गत अहिले होबर्ट हुरिकेन्स र मेलवर्न स्टार्सबीचको खेल चलिरहेको छ ।  उक्त खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले कसिलो बलिङ गर्दै मेलवर्नका कप्तान ग्लेन म्याक्स्वेलकाे विकेट लिएका छन् ।

सन्दीपले आफ्नो दोस्रो ओभरमा मेलवर्नको ठूलो विकेट अहात पारेका हुन् । उनले आठौँ ओभरमा दोस्रो बलमा मेलवर्नका कप्तान ग्लेन म्याक्स्वेललाई एलबीडब्लु आउट गराएका हुन् ।  सन्दीपले २ ओभर बलिङ गर्दा ५ रन दिएर १ विकेछ लिएका छन् ।

पाचौं ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका सन्दीपले जम्मा ३ रन दिएका हुन् । साथै आठौं ओभरकाे खेलमा २ रन दिँदै १ विकेट लिए ।

Logo