उखु किसानको पीडादेखि चोरी न्यूनिकरण गर्ने जिपिएसको चर्चासम्म (भिडियोसहित)

उखु किसानको पीडादेखि चोरी न्यूनिकरण गर्ने जिपिएसको चर्चासम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप ५ समाचार मध्ये सुडानमा राष्ट्रपति विरुद्धको आन्दोलनमा पक्राउ परेका शिक्षकको हिरासतमा मृत्यु भयो । हिरासतमा मृत्यु भएपछि अदालतले २९ जना प्रहरी अधिकारीको विपक्षमा फैसला गरेको छ । अदालतले २९ जना प्रहरीलाईृ मृत्युदण्डको फैसला सुनाएको हो ।
आज पुस १५ । नेपाल बहुजातीय देश भएकाले आजको दिनलाई आ–आफ्नो तरिकाले मनाउने गर्छन् । कसैले पुसे १५, कसैले घिउ खट्टे खाने दिनको रुपमा मनाउने गर्छन् तर गुरुङ र कुलुङ समुदायमा भने आजदेखि नयाँ वर्ष सुरु भएको छ ।
सरकारले सवारी दुर्घटना धेरै भएको र सवारीसाधनको चोरी धेरै हुने गरेको तथ्यांक बाहिरिएसँगै सुरक्षाका तरिका अपनाउन थालेको छ । यसैक्रममा सवारीसाधनमा अव जिपिएस जडान हुने भएको छ ।
विगत ६ वर्षदेखि सर्लाहीमा सञ्चालित २ वटा मिलले उखुको पैसा नदिएका भन्दै किसानहरु आन्दोलन गर्न काठमाडौ आएका छन् । उनीहरुले माग सम्बोधन नभएसम्म घर नर्फकने बताएका छन् । भोली जनवरी १ अर्थात २०२० को पहिलो दिन । २० लाख पर्यटक ल्याउने लक्ष्यका साथ सरकारले नेपाल भ्रमण वर्षको सुरुआत गदैछ । कार्यक्रमको उद्घाटन रंगशालाबाट हुने भएको छ ।

विस्तृत समाचार हेरौं यो भिडियोमा :

Logo