९ करोड ठगीका आरोपी श्रेष्ठ इटहरीबाट पक्राउ

९ करोड ठगीका आरोपी श्रेष्ठ इटहरीबाट पक्राउ


इटहरी ।

मोरङको बेलबारीका २ सय ५० बढी स्थानीयहरुसँग मिटर ब्याजको प्रलोभन देखाएर ९ करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरी फरार बेलबारीका घनश्याम श्रेष्ठ इटहरीबाट पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीका अनुसार श्रेष्ठले बेलबारीमा ऊँ कृष्ण सुनचाँदी पसल र हार्डवयर पसल सञ्चालन गर्दै आएका थिए ।

केही समययता फरार रहेका श्रेष्ठलाई पक्राउ गर्न र रकम फिर्ता गर्न स्थानीयको दबाबपछि श्रेष्ठको घरमा ४ दिन धर्ना समेत दिएको पीडित मात्रिका पराजुलीले बताए । उनीहरुले पीडित संघर्ष समिति समेत गठन गरेका छन् । पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भईरहेको छ ।
राजधानीबाट

Logo