काठमाडौंमा आज जोर नम्बरका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौंमा आज जोर नम्बरका सवारीसाधन मात्र चलाउन पाइने


काठमाडौं, २०७६ मंसिर २४ ।

१३ औँ दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताको समापनका दिन आज ट्राफिक व्यवस्थापन सहज बनाउन काठमाडौंमा सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ ।

मंशिर १५ गते उद्घाटनका दिन बिजोर नम्बरका सवारी मात्रै सञ्चालन गरिएको काठमाडौंमा आज समापनका दिन रिङरोड भित्रका सडकमा जोर नम्बरका सवारी मात्रै चलाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ ।

यसका साथै ठूला मालवाहक सवारी साधन रिङरोडभित्रको सडकमा प्रवेश नगराउन पनि प्रहरी आग्रह गरेको छ । दशरथ रंगशालामा समापनको कार्यक्रम हुने भएकाले सकभर त्यस आसपासको सडक प्रयोग नगर्न पनि ट्राफिक प्रहरी महाशाखाले सबैमा अनुरोध गरेको छ । समापनका बेला रंगशालामा हुने कार्यक्रम हेर्न आउने सर्वसाधारणको सवारी टुंडिखेलमा पार्किङ गरेर राख्ने व्यवस्था मिलाइएको छ ।

Logo