१३ औं साग: आइतबार कसले कुन खेलमा जिते ?

१३ औं साग: आइतबार कसले कुन खेलमा जिते ?


काठमाडौं, २०७६ मंसिर २३ ।

कबड्डी : भारत र श्रीलंका भिड्ने

भारत र श्रीलंका १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष कडब्डीमा आइतबार फाइनलमा प्रवेश गरेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा भारतले नेपाललाई ६२–२६ ले पराजित ग¥यो । हारसंगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । पाँच राष्ट्र सहभागी पुरुष कबड्डीमा भारत शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । उपाधिका लागि भारतले श्रीलंकासंग खेल्ने छ ।

राउन्ड रोविन लिगको अर्को खेलमा श्रीलंकाले बंगलादेशलाई ३५–२० ले हराउदै समूह उपविजेताका रुपमा फाइनलमा स्थान पक्का गरेको थियो । बंगलादेशसंगै पाकिस्तानले तेश्रो स्थानमा चित्त बुझाए । महिलातर्फ भने नेपालले भारतसँग उपाधि भिडन्त पक्का गरिसकेको छ । सागको कबड्डीमा कुनैपनि टोली फाइनलमा पुगेको पहिलो पटक हो । फाइनल आज हुनेछ ।

सुटिङ : भारतलाई १७ स्वर्ण पदक

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सुटिङको १० मिटर एयर पेस्तोलका दुवै इभेन्ट्समा भारतले नै स्वर्ण पदक जितेको छ । सुटिङका २० मध्ये १७ वटा स्वर्ण पदक भारतले जितेको छ भने २ वटा स्वर्ण पदक पाकिस्तानले हात पारेको छ । नेपाल अहिलेसम्म सुटिङमा पदकविहीन छ । सुटिङको एउटा स्वर्ण पदकका लागि सोमबार प्रतिस्पर्धा हुनेछ ।

पुरुष क्रिकेट – श्रीलंकाद्वारा बंगलादेश पराजित

सागको पुरुष क्रिकेट अन्तर्गत आइतबार सम्पन्न लिग चरणको अन्तिम खेलमा श्रीलंका यु–२३ ले बंगलादेश यु–२३ लाई ९ विकेटले पराजित गरेको छ । टियु मैदानमा सम्पन्न खेलमा बंगलादेशले दिएको १५१ रनको लक्ष्य श्रीलंकाले मात्र १ विकेट गुमाएर १६.१ ओभरमै पुरा गर्यो । श्रीलंकाको जितमा लासिथ क्रसपुल्लेले सर्वाधिक ७३ तथा पाथुम निस्संकाले ६७ रन बनाए । निस्संकाले ५२ बलमा ३ छक्का र ५ चौका तथा क्रसपुल्लेले ४१ बलमा ७ चौका र ४ छक्का प्रहार गरे ।

यस अघि टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १५० रन बनाएको थियो । उसको लागि यासिर अलिले सर्वा्धिक ५१ तथा महिदुल इस्लामले ४४ रन बनाए। श्रीलंकाको बलिंगमा असिथा फर्नान्डोले सर्वा्धिक २ विकेट लिए । खेलको प्लेयर अफ द म्याच लासिथ क्रसपुल्ले घोषित भए ।

जितसंगै श्रीलंका सबै ४ खेलमा जित सहित अंकतालिकाको शिर्ष स्थानमा तथा बंगलादेश ४ खेलमा ३ जित र १ हार सहित दोश्रो स्थानमा रह्यो। श्रीलंका र बंगलादेशले स्वर्ण पदकको लागि तथा नेपाल र माल्दिभ्सले कास्य पदकको लागि सोमबार खेल्नेछन् ।

भारोत्तोलन : नेपाललाई २ स्वर्ण, ३ रजत र ११ कास्य

पोखरा,

साग अन्तर्गत नेपालले भारोत्तोलन प्रतियोगितामा हालसम्मकै उत्कृष्ट नतिजा पस्किदै सुखद अन्त्य गरेको छ । नेपालले कुल २० इभेन्ट अन्तर्गत सहभागी १६ इभेन्ट्मा हरेकमा पदकसहित २ स्वर्णसहित कुल १६ पदक जित्न सफल भयो ।

पोखरामा चार दिनसम्म चलेको प्रतियोगितामा नेपालले २ स्वर्ण, ३ रजत र ११ कास्य सहित कुल १६ पदक जित्न सफल भएको हो । शनिबारसम्म १४ पदक जितेकोमा अन्तिम दिन आइतबारको खेलबाट नेपालले १ रजत र १ कास्य थप गरेको हो ।

नेपालको तर्फबाट सञ्जु चौधरी (महिला ५९ केजी) र विकास थापा (पुरुष ८९ केजी) तौल समूहमा स्वर्ण जितेका हुन् । महिलातर्पm नेपालले ऐतिहासिक पहिलो स्वर्ण जितेको हो । अघिल्लो १२ औं संस्करणसम्म नेपालले भारोत्तोलनमा १ मात्र स्वर्ण सहित २३ रजत र ८६ कास्य जितेको थियो । पहिलो स्वर्ण लिफ्टर कमलबहादुर अधिकारीको नाममा छ ।

यसैबीच, आइतबारको खेलमा नेपालका लागि सागर भण्डारीले पुरुष १०९ तौल समूहमा रजत पदक जित्न सफल भएका छन् । सो समूहमा पाकिस्तानी खेलाडी हन्जाला दस्तगीर वुटले स्वर्ण जिते । उनले स्न्याचतर्फ १५० र क्लीन एण्ड जर्कमा १८१ सहित कुल ३३१ किलो भार बहन गरेका हुन् ।

सागरले राष्टिय रेकर्ड कायम गर्दै स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १५५ गरी कुल २७५ तौल उठाएका हुन् । यसअघि सागको छनोट चरणमा आफ्नो नाममा तीनै विधाको रेकर्ड १३ औं सागमा उनले भंग गरेको जानकारी नेपाल भारोत्तोलन संघका प्रवक्ता रुकेश तण्डुकारले जनाए । प्रतियोगितामा बंगलादेशका खेलाडी मोहम्मद अब्दुल्लाह अई मुमिनले कास्यमा चित्त बुझाए । उनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १४७ सहित कुल २६७ तौल उठाएका हुन् । नेपाल भारोत्तोलन संघका अध्यक्ष तिलकबहादुर रावलले नेपालले हालसम्मकै उत्कृष्ट नतिजा ल्याएको भन्दै खुसी व्यक्त गरे ।

महिला क्रिकेट : बंगलादेशलाई स्वर्ण , नेपालकी अंजली सर्वोत्कृष्ट खेलाडी
पोखरा,
१३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत महिला क्रिकेटमा बंगलादेशले स्वर्ण पदक जितेको छ । आइतबार पोखरा रंगशालामा भएको फाइनल खेलमा श्रीलंकामाथि २ रनको रोचक जित निकाल्दै बंगलादेशले स्वर्ण जितको हो । श्रीलंकाले रजत पदक हात पार्दा नेपालले कास्यमा चित्त बुझायो ।

फाइनल खेलमा टस हारेर ब्याटिङ्ग गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर ९१ रनको मध्यम स्कोर बनाएको थियो । जितका लागि ९२ रनको लक्ष्य पछ्याएको श्रीलंका जितको नजिकै पुगेर ९ विकेटको क्षतिमा ८९ रन मात्रै बनाउन सक्यो ।

श्रीलंकालाई रोक्ने क्रममा बंगलादेशका बलरहरु नहिदा अख्तरले २ तथा जहानरा आलम, सलमान खातुन, र खादिजा खुर्वाले समान एक एक विकेट लिए ।४ ओभरको स्पेलमा १ मेडन सहितमात्रै ९ रन खर्चिएर २ विकेट लिएकी नहिदा अख्तर प्लेयर अफ द फाइनल भइन् ।

४ इनिङ्गमा ११.१ ओभर बलिङ्ग गर्दै ५ मेडन सहित ११ विकेट लिएकी नेपालकी बलर अंजली चन्द प्रतियोगिताकै उत्कृष्ट बलर सहित सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । त्यस्तै ४ इनिङ्गमा १ सय ८७ रन जोडेकी श्रीलंकाकी हर्षिता समारा विश्कर्मा उत्कृष्ट ब्याट्स्उमन घोषित भइन् ।

बास्केटबल : सेमिफाइनल समीकरण पूरा

साग अन्तर्गत बास्केटबल (५ बाइ ५) को पुरुष÷महिला दुवैमा सेमिफाइनल समीकरण पूरा भएको छ । पुरुषमा बंगलादेशले श्रीलंका तथा भारतले नेपाल विरुद्ध प्रतिस्पर्धा गर्ने छन् । महिलाको सेमिफाइनल भारत र भुटान तथा नेपाल र माल्दिभ्सबीच हुने छ । लिगको अन्तिम दिन त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा नेपालले माल्दिभ्सलाई ७६–६२ ले पराजित ग¥यो । नेपालका अशिम श्रेष्ठले २० अंक जोडे ।

महिलामा माल्दिभ्सले श्रीलंकालाई ६९–६४ ले हरायो । नेपालले भुटानमाथि ८७–४६ को सहज जित दर्ता ग¥यो । नेपालकी अनुषा मल्लले २० अंक जोडिन् । थ्री बाइ थ्रीको पुरुष सेमिफाइनलमा भारतले बंगलादेश तथा श्रीलंकाले नेपालसंग खेल्ने । महिलामा भारत र श्रीलंका उपाधिका लागि भिड्ने छन् ।

महिला ह्यान्डबल : नेपाललाई रजत, भारतलाई स्वर्ण

पोखरा,

१३ औं संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत ह्याण्डबल खेलको सम्पन्न फाइनलमा नेपाल भारत संग पराजित हुँदै कास्य पदकमा सिमित भएको छ भने भारत उपाधी रक्षा गर्न सफल भएको छ ।

नेपालले सागमा उत्कृष्ट पदर्शन गर्दै रजत पदक हात पार्न सफल भएको हो । यस अघि १२ औं सागमा नेपाली महिला ह्याण्डबल टिमले चौथो स्थान हासिल गरेको थियो । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको फाइनलमा आयोजक नेपाललाई ३६–२१ ले हराउँदै भारतले स्वर्ण जितेको हो ।

भारतकै गुहावटीमा भएको १२ औं संस्करणको ह्याण्डबलमा समेत भारतले स्वर्ण जितेको थियो । १२ औं संस्करणबाटै महिला ह्याण्डबल खेलले प्रवेश पाएको थियो । स्वर्ण विजेता भारतका लागि मोनिकाले सर्वाधिक १३ गोलको योगदान गरिन् । सोनिकाले टोलीका लागि ११ गोल गरिन् । निधि शर्माले टोलिका लागि ८ गोल थपिन् । कीपर निना शिल, दीपशिखा र प्रियङ्का ठाकुरले समान १÷१ गोल जोडे ।

पुरुष ह्याण्डबल : पाकिस्तानलाई स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष ह्याण्डबलमा पाकिस्तानले स्वर्ण पदक जितेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आइतबार भएको फाइनल खेलमा प्रतिद्वन्द्वी भारतलाई ३०–२९ गोल गर्दै पाकिस्तानले सागमा दोस्रो स्वर्ण जितेको हो । भारतले भने उपविजेता बन्दै रजत पदक जितेको छ ।

विजेता पाकिस्तानका लागि मोहम्मद मुजामल हुसेनले सर्वाधिक ६ गोलको योगदान दिए । हजरत हुसेनले टोलीका लागि ५ गोल थपे । इमरान खानले टोलीका लागि ४ गोल जोडे । असिम सइद र मोहम्मद जुबेरले समान ३÷३ गोलको योगदान गरे । नासिर हुसेन र मोहम्मद सहिद बसिरले समान २÷२ गोलको थपे । नामिद उर रहमान र असिफ हायातले समान १÷१ गोल गरे ।

भारतका नविन सिंहले सर्वाधिक ८ गोलको योगदान दिए । दिपक अहलावत, अंकित र रमेश चन्दले समान ५÷५ गोल जोडे । दिनेशले टोलीका लागि ४ गोल जोडे । करमजित सिंह र ह्याप्पीले टोलीका लागि समान १÷१ गोल थपे ।

आर्चरी : नेपाललाई एक रजत सहित ३ पदक, बंगलादेशलाई ६ स्वर्ण

पोखरा,

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत पोखरामा जारी आर्चरी खेलमा नेपालले एक रजत सहित तीन पदक प्राप्त गर्न सफल भएको छ । नेपालले कम्पाउण्ड (५० मिटर) मिक्स तर्फ रजत पदक प्राप्त गरेको हो ।

आइतबार भएको फाइनलमा खेलमा बंगलादेशले नेपाललाई ८ अंकको अन्तरले पराजित गर्दा नेपाल रजत पदकमा सिमित भएको हो । नेपालले फाइनल खेलमा १ सय ४० अंक ल्याउदा बंगलादेशले भने १ सय ४८ अंक ल्याउन सफल भएको हो । नेपाली टिममा इमायुङग् राई र शान्तह् मल्ल रहेका थिए भने बंगलादेशका सुस्मिता बनिक र एमडी सोहिल राना सहभागि भएका थिए । उक्त इभेण्टमा श्रीलंकाले कास्य पदक हात पार्न सफल भएको छ ।

१० वटा स्वर्ण पदकको लागि जारी उक्त प्रतिष्प्रर्धामा आइतबारसम्म ६ वटा स्वर्ण पदकको छिनोफानो लाग्दा ६ वटा स्वर्ण पदक माथि बंगलादेशले एक्लौटि ढंगले बर्चश्व जमाउन सफल भएको छ । बंगलादेशले कम्पाउण्ड महिला तथा पुरुष, रिकर्भ महिला तथा पुरुष र रिकर्भ मिक्स तर्फ स्वर्ण पदक हात पार्न सफल भएको हो ।

नेपाल सहित ४ देश सहभागि भएको खेलमा सोमबार एकल महिला तथा पुरुषको रिकर्भ र कम्पाउण्ड गरी ४ वटा स्वर्ण पदकको लागि प्रतिष्प्रर्धा हुने भएको नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङले बताए ।

बिच भलिबल : श्रीलंकालाई २ स्वर्ण र २ रजत

पोखरा,

१३ औं साग अन्तर्गत बिच भलिबलमा महिलातर्फ नेपालले कांस्य जितेको छ । पोखरामा आइतबार विनिता बुढाथोकी र नेबिका चौधरीको जोडीले नेपालकै कोपिला उप्रेती र मनीषा चौधरीको जोडीलाई सेमिफाइनलमा २१–१२, १९–२१ र १६–१४ को सेटमा पराजित गरेको हो ।

नेपालको दुवै टिम समूह उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेका थिए । श्रीलंकाका दुवै टिम समूह विजेता बन्दै फाइनल प्रवेश गरेका थिए । पुरूषतर्फ नेपालको दुवै टिम लिग चरणबाट बाहिरिए । श्रीलंकाको महिला र पुरुष दुबैतर्फ २÷२ टिम फाइनल पुग्दै स्वर्ण र रजत जित्न सफल भए ।

पुरुषतर्फ श्रीलंकाको प्रदीप आसंका र असेन कुमाराको जोडीले इन्डिका टिरोन र जायन सनुजाको जोडीलाई २४–२२ र २१–१३ को सेटमा हराउ“दै स्वर्ण जित्यो । महिलातर्फ श्रीलंकाकै दीपिका जेडेरा र मधुशानी वीरासिंगेको जोडीले लक्षिनी थारुका र दिनेशा प्रसादनीको जोडीलाई १९–२१, २१–१५ र १५–८ को सेटमा हराएर स्वर्ण जित्न सफल भयो ।

बिच भलिबलमा महिलातर्फ नेपाल, श्रीलंका र माल्दिभ्स सहभागी थिए । पुरूषतर्फ नेपालसहित श्रीलंका, पाकिस्तान, बंगलादेश र माल्दिभ्स सहभागी थिए । सागमा पहिलोपल्ट यो खेल समावेश भएको हो ।

स्क्वास : पाकिस्तान र भारतलाई स्वर्ण

काठमाडौं,

पाकिस्तानका तयब अस्लम र भारतकी तान्भी खन्नाले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्क्वासमा स्वर्ण जितेका छन् ।

सातदोबाटोस्थित नेपाल स्क्वास ¥याकेट संघको हलमा आइतबार भएको एकल स्पर्धा फाइनलमा आफ्ना प्रतिद्वन्द्वीलाई स्तब्ध बनाउँदै तयब र तान्भीले स्वर्ण जितेका हुन् । फाइनलमा तयबले भारतीय प्रतिद्वन्द्वी हरिन्दर सिंहलाई सोझो सेटमा हराउँदै तयबले स्वर्ण जिते । उनले हरिन्दरलाई ८–११, ११–३, ११–८ र ११–८ ले हराए । पाकिस्तानका मेहबुब आलम र भारतका अभय सिंहले कांस्य जिते ।

महिला एकल भारतकी तान्भी खन्नाले स्वर्ण जित्दा आफ्नै देशकी सुनैयना कुरुभिल्लालाई ११–८, ९–११, १२–१० र ११–५ हराइन् ।

टेनिस : भारतको क्लीनस्वीप

साग अन्तर्गत टेनिसका सात मध्ये पाँच स्वर्ण भारतले जितेको छ । आइतबारसम्म सकिएका पाँच इभेन्टका सबै स्वर्ण भारतले जितेको हो । बाँकी दुई इभेन्टको फाइनलमा पनि भारतकै खेलाडी रहेका कारण टेनिसमा भारतले क्लीन स्वीप गरेको छ । सम्पन्न पुरुष डबल्स, महिला डबल्स र मिक्स डबल्सको स्वर्ण भारतले जित्यो ।

पुरुष डबल्स तर्फको फाइनलमा दोस्रो वरियताका भारतीय जोडी विष्णुवद्र्धन जगदिसन र साकेथ साई मिनेनीले शीर्ष वरियताका श्रीराम बालाजी र जिवन नेदुन्चेझियानको जोडीलाई ७–५, ३–६ (१०–५) ले हराए । महिला डबल्सतर्फको फाइनलमा प्रेरणा भाम्ब्री र प्रार्थना थोम्बारेको जोडीले श्रब्याशिभानी चिलाकलापुडीको जोडीलाई ६–३ र ६–३ को सोझो सेटमा हराउँदै स्वर्ण पदक जिते । टेनिसको महिला र पुरुषतर्फको सिंगल्सका खेलहरु सोमबार हुनेछन् ।

कुस्ती :

दक्षिण एसियाली खेलकुद (साग) को कुस्तीमा आइतबार नेपालले दुई रजत र दुई कांस्य पदक हासिल गरेको छ । अघिल्लो दिन शनिबार नेपालकी संगीता धामीले नेपाललाई ऐतिहासिक स्वर्ण दिलाएकी थिइन् । आइतबार भारतले चार, श्रीलंकाले दुई र पाकिस्तानले एक स्वर्ण पदक हात पारे ।

जनकपुरधामस्थित कभर्डहलमा भएको ६१ केजी तौलसमूहमा भारतका रवीन्द्रले स्वर्ण, मोहम्मद बिलालले रजत र श्रीलंकाका उद्रले कांस्य पदक हात पारे । ८६ केजी तौलसमूहमा भारतका पवन कुमारले स्वर्ण, पाकिस्तानका उमर अहमदले रजत र बंगलादेशका श्री श्रोत रोयले कांस्य पदक जिते । ९२ केजी तौलसमूहमा पाकिस्तानका मोहम्मद इनामले स्वर्ण, श्रीलंकाका सलिथाले रजत र नेपालका सुमिर साहले कांस्य जित्न सफल भए ।

यसैगरी महिलातर्फ ५९ केजीमा भारतकी अंशुले स्वर्ण, बंगलादेशकी निपा एरियनले रजत र नेपालकी कोमल खत्रीले कांस्य पदक पाए । महिला ६५ केजी तौलसमूहमा श्रीलंकाकी एस. दिलहानीले स्वर्ण, नेपालकी सुशीला चन्दले रजत र बंगलादेशकी मोस लक्कीले कांस्य हात पारे ।

यसैगरी महिलाकै ७२ केजी तौलसमूहमा श्रीलंकाकी एभोले स्वर्ण, नेपालकी निर्मला जाग्रीले रजत र बंगलादेशकी अख्तर रोजिनाले कांस्य पदक जित्न सफल भए । आइतबारको खेलसँगै भारतले १२, पाकिस्तानले तीन, श्रीलंकाले दुई र नेपालले एक स्वर्ण पदक जितेका छन् । सोमबार दुई स्वर्ण पदकका लागि खेल हुने आयोजकले जनाएको छ ।

फेन्सिङ : नेपालले जित्यो अर्को रजत

१३ औं साग अन्तर्गत फेन्सिङमा नेपालले आइतबार अर्को रजत पदक जितेको छ । महिला टिम फ्वेलमा नेपालले रजत जितेको हो । यससँगै नेपालले फेन्सिङमा दुई रजत पदक जितेको छ । यसअघि शनिबार भएको महिलाको व्यक्तिगत स्पर्धाअन्तर्गत साबरमा नेपालकी रविना थापाले स्वर्ण दिलाएकी थिइन् । फेन्सिङमा नेपालले पुरुष टिम साबरमा कांस्य जित्यो ।

पुरुष टिम इपीमा भारतले स्वर्ण जित्यो । यसैगरी बंगलादेशले रजत र पाकिस्तान र श्रीलंकाले कांस्य जिते । यसैगरी पुरुषकै टिम साबरमा भारतले नै स्वर्ण जित्यो । फाइनलमा भारतले बंगलादेशलाई नै निरास बनायो । यस स्पर्धामा नेपाल र श्रीलंकाले कांस्यमा चित्त बुझाए ।

फेन्सिङमा अहिलेसम्म भारतले ८ स्वर्ण जितिसकेको छ । यसैगरी बंगलादेशले एक स्वर्ण जित्दा अरु राष्ट्रले स्वर्ण जित्न सकेका छैनन् । नेपालले भने दुई रजत र पाँच कांस्य जितिसकेको छ । सोमबार टिम स्पर्धामै तीन स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

जुडो : देवीकालाई स्वर्ण
काठमाडौं ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जुडोको पहिलो दिन नेपालले एक स्वर्णसहित ७ पदक जितेको छ । सातदोबाटोस्थित आर्मीको कभर्डहलमा आइतबार नेपालले एक स्वर्ण जित्दा समान ३, ३ रजत र कास्य हात पार्यो ।

नेपालकी देविका खड्काले महिला ५२ केजी मुनि तौल समूहमा नेपाललाई स्वर्ण दिलाईन् । स्वर्ण जित्ने क्रममा देविकाले भारतकी टोकास गायत्रीलाई पराजित गरिन् । यस स्पर्धामा बंगलादेश र श्रीलंकाले कास्य जित्यो ।

जुडो अन्तर्गत नै पुरुष ६६ केजी मुनि नेपालका इन्द्र बहादुर श्रेष्ठले रजत जिते । फाइनलमा इन्द्र भारतका भारतका जस्लिन सिंहसँग पराजित भए । भुटान र पाकिस्तानका खेलाडीले कास्य जिते ।

महिला ४८ केजी मुनि नेपालकी सोमिया भट्टले कास्य जितिन् । भारतले स्वर्ण र श्रीलंकाले रजत जित्दा अर्को कास्य पाकिस्तान जित्यो । पुरुष ७३ केजी मुनि नेपालका सन्जित डंगोलले रजत जिते । फाइनलमा सन्जित श्रीलंकाका नुवानसँग पराजित भए । भुटान र भारतले कास्य जित्यो ।

Logo