महिला क्रिकेटमा बंगलादेशलाई स्वर्ण

महिला क्रिकेटमा बंगलादेशलाई स्वर्ण


काठमाडौं, २०७६ मंसिर २२ ।  पोखरामा जारी १३ औं साग महिला टि–२० क्रिकेटको उपाधि बंगलादेश जितेको छ । लो–स्कोरिङ म्याचमा श्रीलंकालाई हराउँदै बंगलादेशले २ रनकोे रोमाञ्चक जित निकालेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेश निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रनमा समेटिएको थियो ।

९२ रनको लक्ष्य पछ्याउन आएको श्रीलंकालाई अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको थियो । हातमा दुई विकेट मात्र थिए । तर, बंगलादेशले ४ रन मात्र जोड्न सक्यो । अन्तिमका दुवै ब्याट्सउमन रन आउट भएपछि ब‍ंगलादेशले उपाधि जितेकाे हाे ।

Logo