१३ औं साग : बंगलादेशले दियो नेपाललाई १५६ रनको लक्ष्य

१३ औं साग : बंगलादेशले दियो नेपाललाई १५६ रनको लक्ष्य


काठमाडौं,

१३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा अहिले नेपाल र बंगलादेशको खेल जारी छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा बंगलादेशले नेपाललाई १५६ रनको लक्ष्य दिएको छ । २० ओभरमा ६ विकेट गुमाएर बंगलादेशले १५५ रन बनाएको हो।

सुरुमा नेपाली बलरले बंगलादेशलाई निकै दवाबमा राखेका थिए । बंगलादेशले ३.३ ओभरमा १६ रन बनाउँदै ३ विकेट गुमेको थियो । सुरुवाती तीनै विकेट पारस खड्काले लिएका थिए । ४ ओभर बलिङ गरेका पारसले ३ विकेट लिएर १५ रन दिए ।

नेपालका लागि पारसपछि उपकप्तान दिपेनद्रसिंह ऐरीले २ विकेट लिए । अभिनाश बोहराले १ विकेट लिए । नेपाल यस अघि पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानमाथि १४१ रनको नित हात पारेको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई ८४ रनले हराएको थियो ।

Logo