भारतको महाराष्ट्रमा शिवसेना भाजपाबाट अलग

भारतको महाराष्ट्रमा शिवसेना भाजपाबाट अलग


नयाँदिल्ली,

महाराष्ट्रमा सरकार गठनको विषयलाई लिएर भाजपासँग रुष्ट बनेको शिवसेना अब संसदमा पनि विपक्षी बेन्चतर्फ बस्ने भएको छ । सोमबार सुरु हुने संसदको हिउँदे सत्रमा शिवसेनाका सांसदहरु विपक्षी बेन्चमा बस्ने राज्यसभा स्रोतको हवाला दिँदै स्थानीय मिडियाहरुले जनाएका छन् ।

शिवसेनाका सांसद सञ्जय राउत र अनिल देसाई विपक्षी बेन्चमा बस्ने बताइएको हो । यससँगै लोकसभाका १८ सांसद पनि विपक्षी बेन्चमा बस्ने बताइएको छ । जो अहिलेसम्म सत्तापक्षको बेन्चमै बस्दैआएका थिए ।

यद्यपि भाजपा र शिवसेनाबाट गठबन्धन तोड्ने औपचारिक अभिव्यक्ति भने आएको छैन । शिवसेनाले गत २१ अक्टोबरमा भएको विधानसभा चुनावमा ५६ सिट जितेको थियो । भाजपाले सबैभन्दा धेरै १ सय ५ सिट जितेको थियो । शिवसेनाले मुख्यमन्त्रीको पद सहित केही विभाग नेतृत्व गर्ने आकांक्षा देखाएपछि भाजपाले अस्वीकार गरेको हो ।
एजेन्सी

Logo