संसारकै अग्लो टावरमा शाहरुख खानको बर्थडे

संसारकै अग्लो टावरमा शाहरुख खानको बर्थडे


अबुधाबी,

बलिउडस्टार शाहरुख खानको जन्मदिन नोभेम्बर २ मा थियो । खानले आफ्ना साथीभाइ र परिवारसँग धुमधाम साथ ५४ औँ ‘बर्थडे’ मनाए । यससँगै यूनाइटेड अरब इमिरेट्स (यूएई) को टावर बुर्ज खालिफाले समेत उनको ‘बर्थडे’ सेलिब्रेट गरिदिएको थियो ।

संसारकै अग्लो टावर बुर्ज खालिफा यस लगायत अन्य कामको पनि प्रचारप्रसारका लागि प्रयोग गरिन्छ । नोभेम्बर २ मा शाहरुखलाई ‘ह्याप्पी बर्थडे शाहरुख खान’ भन्दै उनलाई शुभकामना दिइएको हो ।

उनको जन्मदिन शनिबार राति यसरी उत्सव मनाइरहँदा टावर नजिकै उनका समर्थक र शुभचिन्तकहरु भेला भएर खुसियाली मनाएका थिए । शाहरुखले भने ट्वीटरमा उक्त भिडियो पोस्ट गर्दै खुसी व्यक्त गरेका थिए ।
एजेन्सी

Logo