कतारको नेकपामा पनि सल्कियो फुटको आगो

कतारको नेकपामा पनि सल्कियो फुटको आगो


दोहा कतार ।

नेकपाको केन्द्रमा देखिएको फुटको राजनीतिक खिचातानीको असर प्रवासमा समेत देखिएको छ । नेकपाको प्रवासमा रहेको भातृसंगठन प्रवासी नेपाली एकता मञ्च कतारमा समेत त्यसकाे प्रत्यक्ष असर परेको छ । शनिबार बसेको मञ्चको सातौँ पूर्ण बैठकले संस्थाका अध्यक्ष चानक पोखरेललाई कारबाही गर्दै पदबाट हटाएको केही घण्टामै पोखरेल पक्षधरको बैठक बसी मञ्चका सचिव मोहन कार्कीलाई बहुमतले पदबाट हटाएको जनाएको छ ।

पोखरेलले सङ्गठनमा आधिकारिक रूपमा कुनै छलफल नै नगरी मनोमानी ढङ्गले विज्ञप्ति निकाल्ने तथा गुटगत भेला गर्दै हिँड्ने गरेको कार्की पक्षधरको आरोप छ भने पोखरेल पक्षधरले सङ्गठनको विधि, प्रक्रिया र मर्म विपरीत एकलौटी रूपमा सङ्गठनलाई नै धावा बोल्ने गरी बैठक बोलाउने र गुटगत भेला गर्ने गरेको आरोप छ । पोखरेल पक्षधरले कार्कीको ठाउँमा प्रभात त्रिपाठीलाई सचिवको जिम्मेवारी समेत सुम्पेको पत्रमा जनाएको छ ।

कतारमा देखिएको यो फुट तथा निषेधको राजनीति नेपाली समुदायको लागि खतराको सङ्केत हुने तर्फ सचेत रहन यहाँका बुद्धिजिवीहरुले आग्रह गर्दै चिन्ता व्यक्त गरेका छन् । पोखरेल ओली निकट र कार्की माधव नेपाल निकट रहेको फुटले प्रस्टिएको छ ।

कार्की पक्षधरले जारी गरेको विज्ञप्तिमा पार्टीको अध्यक्ष रहेका क. पुष्पकमल दहाल (प्रचण्ड) र क. माधव कुमार नेपाल अध्यक्ष रहेको पार्टी मूलधारको पार्टी रहेको हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले उठाएको कदम सङ्घीय गणतन्त्र नेपालको संविधान विपरित रहेको र प्रतिनिधिसभा पुनःस्थापनाका लागि पार्टीले चलाएको अभियानमा सम्पूर्ण न्याप्रेमी नेपाली जनता तथा दलहरूलाई उक्त कदमको विरुद्धमा उभिन समेत अपिल गरिएको छ ।

हेर्नुहोस् प्रेस विज्ञप्ति :

 

Logo