सडकमा गाई छोड्ने पशुधनीलाई कारवाही गर्न सर्वोच्चको आदेश

सडकमा गाई छोड्ने पशुधनीलाई कारवाही गर्न सर्वोच्चको आदेश


काठमाडौं,

सर्वोच्च अदालतले राष्ट्रिय जनावर गाईको संरक्षण गर्न सरकारका नाममा परमादेश जारी गरेको छ।

गाईगोरु संरक्षण तथा सडकमा छोड्नेलाई कारवाहीको माग गर्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमा फैसला गर्दै न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र पुरुषोत्तम भण्डारीको इजलासले संविधानतः राष्ट्रिय जनावर घोषित गाईसहित गोरु बाच्छा बाच्छीको संरक्षण गर्न परमादेश जारी गरेको हो।

मंगलबार सार्वजनिक फैसलाको पूर्णपाठमा गाईको संरक्षण धार्मिक तथा सांस्कृतिक रुपमा समेत अत्यन्त महत्वपूर्ण भएको र संविधान एवं कानुन रुपमा समेत राज्यको दायित्व भएको उल्लेख छ।

‘जहाँ जहाँ समस्या देखिएको छ, त्यहाँको प्रदेश तथा स्थानीय तहहरु समेतको सहकार्य, सहयोग र समन्वयमा त्यस्ता छाडा पशुको साथै किसानले पालिरहेका पशुपंक्षीको तथ्यांक संकलन गर्ने, पालिएका सबै पशुहरु पहिचान हुन सक्ने गरी ट्यागिङ गर्ने र कम्प्युटर प्रविधिको माध्यमले समस्याग्रस्त क्षेत्रमा पहिलो चरणमा र त्यसपछि देशैभरी पशुहरुको तथ्यांक लिने व्यवस्था मिलाउने’, फैसलामा भनिएको छ।
नागरिकबाट

Logo