#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व341590601018791770982125430448
नेपाल778174982089156428

शरीरिक सम्बन्धको लाइभ भिडियो सेयर

बेलायतको हिथ्रो विमानस्थलमा कार्यरत एक कर्मचारीलाई आफ्नो प्रेमीकासंगको शारीरिक सम्बन्धको भिडियो लाइभस्ट्रिमिङ गरेको अभियोगमा ६ महिनाको जेल सजाय सुनाईएको छ ।

कुबेती मुलका ३३ बर्षिय ब्रिटिश नागरिक नौरेद्धिन अबुशरीफले भ्यालेन्टान डेको दिनमा आफ्नो प्रेमिकासंगको शारीरिक सम्बन्धको भिडियोलाई लाईभस्ट्रिमिङ गरेर ह्वाट्एपमा साथिहरुलाई पठाएका थिए । भ्यालेन्टाइन डेमा आफ्ना साथीहरुलाई देखाउन उक्त कार्य गरेका थिए । यो घटना सार्वजनिक भएपछि उनकी प्रेमिकाले आत्महत्याको असफल प्रयास गरेकी थिईन् ।

हालै न्यायाधिशले उक्त मुद्धाको फैसला गर्दै भने– तपाईले आफ्ना साथीहरुलाई देखाउन उक्त कार्य गरेको बताउनु भयो । यसको मतलव तपाईले यो कार्य नियतवश गरेको र जसको कारण महिलालाई मानसिक तनाव दिएको देखियो । तपाईले लाईभस्ट्रिमिङ गर्दा महिलाको अनुमति नलिएको कारण तपाईको यो कार्य निन्दनिय रहेको छ । न्यायाधिशले ति युवकलाई २८ हप्ताको जेल सजाय सुनाएका छन् ।

सम्बन्धित समाचारहरु