उपनिर्वाचनका लागि दल दर्ताको बाटो खुल्यो

उपनिर्वाचनका लागि दल दर्ताको बाटो खुल्यो


काठमाडौं,

निर्वाचन आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन राजनीतिक दलहरूलाई आग्रह गरेको छ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सो आह्वान गरेको हो।

प्रतिनिधिसभा १, प्रदेशसभा ३, उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र ३६ जिल्ला ४१ वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा बसेको आयोगको बैठकको निर्णयपछि सो आग्रह गरिएको हो। थपलियाका अनुसार भदौ १६ गतेदेखि मसान्तसम्ममा उपनिर्वाचनमा भाग लिन चाहने दलहरूले आयोगमा नाम दर्ता गराउनु पर्नेछ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोेजिम आयोगले सो आह्वान गरेको हो ।

२०७४ को संघ, प्रदेश र स्थानीयतहको निर्वाचनमा भाग लिएका दलहरूले ती तीनवटै तहको उपनिर्वाचनमा भाग लिन भने दल दर्ता गराउनु पर्दैन । २०७४ सालमा भएको निर्वाचनपछि गाभिएका वा एकीकरण भएका वा नयाँदलले उपनिर्वाचनमा भाग लिन चाहेमा दल दर्ता गराउनु पर्नेछ । यही प्रावधान अनुसार नेकपा र समाजवादी पार्टी लगायतले दल दर्ता गराउनु पर्नेछ।
नेपाल समाचारपत्रबाट

Logo