त्रिशूली वाङ्मय प्रतिष्ठानको अध्यक्षमा आरएम डंगोल

त्रिशूली वाङ्मय प्रतिष्ठानको अध्यक्षमा आरएम डंगोल


त्रिशूली वाङ्मय प्रतिष्ठानको ११ औं अधिवेशन गत शनिबार सामुदायिक प्रहरी सेवा केन्द्र नयाँ बसपार्कमा सम्पन्न भएको छ । अधिवेशनमा प्रतिष्ठानका महासचिव राजेन्द्रमान डंगोलले प्रगति र कोषाध्यक्ष लक्ष्मी रुम्बाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिष्ठानका निवर्तमान अध्यक्ष श्रीहरि फुँयालको सभाध्यक्षतामा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गर्याे ।

कवि आरएम डङ्गोलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हाे ।

नुवाकोटेली साहित्यकारले वि.सं. २०६६ सालमा स्थापना गरेको सो संस्थाको कार्यसमितिको उपाध्यक्षमा राजेन्द्रमान डङ्गोल, महासचिव श्यामराज पाठक, सचिव राजेन्द्र घिमिरे, कोषाध्यक्ष लक्ष्मी रुम्बा चयन भएका छन् । सदस्यमा वैरागी जेठा, प्रभाती किरण, पुरुषोत्तम रिजाल, भैरवी ढुङ्गाना, उत्तम विचार, सन्तोषी अधिकारी र जया ओझा छन् भने संस्थाको सल्लाहकारमा श्रीहरि फुँयाल, शारदारमण नेपाल र दीपक महत छन् ।

संस्थाले हरेक दशैँ अगाडि शारदीय कविता उत्सव, ‘त्रिशूली त्रिवेणी’ पत्रिकाको प्रकाशन, मुलुकको विभिन्न भागमा साहित्यिक यात्रा, जल पर्यटन यात्रा, साहित्य र पर्यटन प्रवर्द्धन आदि गतिविधि गर्दै आएको छ ।  नवनिर्वाचितअध्यक्ष डङ्गोलले आगामी दिनमा ती कामको नियमितताका साथै अक्षयकोष खडा गरी राष्ट्रिय र जिल्लास्तरका एक स्रष्टालाई वार्षिक रूपमा पुरस्कार प्रदान तथा मासिक साहित्यिक परिचर्चाजस्ता गतिविधि गरिने जानकारी दिए । डंगोलले भावी कार्ययोजनाकाे खाका पेश गरेका थिए ।

यसअघि संस्थाले नुवाकोटको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्वका स्थलहरू ककनी, देवीघाट, चिम्टेश्वर, सूर्यचौर, वेत्रावती, नुवाकोट दरवार परिसरमा वृहत् साहित्यिक यात्राको आयोजना गरिसकेकाे छ । यसैगरी तनहुँ वन्दीपुर-रामकोट साहित्यिक यात्रा, त्रिशूली नदीमा जल पर्यटन समेत सम्पन्न भइसकेको छ ।

Logo