चिकित्सक तथा कर्मचारीबाट बारम्बार धम्की आएको भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २२ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । "/>

२२ जना चिकित्सकद्वारा सामूहिक राजीनामा

२२ जना चिकित्सकद्वारा सामूहिक राजीनामा


चिकित्सक तथा कर्मचारीबाट बारम्बार धम्की आएको भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २२ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । २५ जनामध्ये २२ जना चिकित्सकले सामूहिक राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरुमा फिजिसियन चिकित्सक जित नारायण यादव र दिनेश उप्रेती, आर्थाेपेडिक चिकित्सक ओम अर्याल, अनिल प्रसाद यादव र सागर पन्थी, रेडियोग्राफी डा.रामेश्वर देवकोटा, नाक, कान, घाँटी सर्जन डा.बिक्रम बुढाथोकी, एनेस्थेसियालोजिष्ट डा. सुरेन्द्र कुँवर र डा. राजन शाक्य रहेका छन् ।

यस्तै पेडियाट्रिकस डा. कुष्णहरी सुवेदी, गाईनोलोजिष्ट डा.बसन्त लामिछाने, डा. सर्जन ईश्वरी भुषाल, डा याम, डि.जि.पि डा.अमित लाम्गाडे, डर्माटोलोजिष्ट डा. जेम महर्जन, कमिनिटि मेडिसियन डा. वर्षा मानन्धरले पनि राजीनामा दिएका हुन् । राजीनामा दिनेमा १० जना मेडिकल अधिकृत पनि रहेका छन् । डा. अभ्यास पोख्रेल, डा. कृष्ण रिजाल, डा. गौरव आचार्य, डा. अनिल खाम, डा. घना केसी, डा. राजेन्द्र फुलारा, डा. प्रितम डि.सी, डा. आयुष पौडेल, डा. सुवर्ण बुढा र डा. मनोज यादव रहेका छन् ।

उपकूलपति डा. संगीता भण्डारीले बारम्बार अनुचित बहानामा स्पष्टीकरण सोध्ने, बर्खास्ती, धम्कीलगायत मनोबल खस्काउने खालका दबाब दिएका कारण सामुहिक राजीनामा दिनुपरेको बताएका छन् । उपकुलपतिलाई पटक-पटक काम गर्ने वातावरण बनाइदिन आग्रह गर्दा पनि बेवास्ता गरेको उनीहरुको भनाइ छ ।

Logo