सरकारबाटै प्रजातन्त्र र संविधान मासिने खतरा छः देउवा

सरकारबाटै प्रजातन्त्र र संविधान मासिने खतरा छः देउवा


बुटवल,

नेपाली काँग्रेसका शीर्ष नेताहरुले कम्युनिस्ट सरकारबाटै प्रजातन्त्र र संविधान मासिने खतरा रहेको बताएका छन् । काँग्रेसले आफना महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई भैरहवामा सम्बोधन गर्दै उनले शीर्ष नेताहरुले प्रजातान्त्रिक मूल्य, मान्यता र संविधानको मर्म बिपरित कम्युनिस्ट सरकारले अधिनायकबाद र निरङ्कुशता लाद्न खोजिरहेको आरोप लगाए ।

प्रदेश ५ स्तरीय प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारको अधिनायकबाद बिरुद्ध काँग्रेस एक भएर अगाडि बढ्नु पर्ने बेला आएको बताए । सभापति देउवाले अधिनायकवादी सरकारबाट संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै खतरा रहेको टिप्पणी गरे ।

कम्युनिस्टहरु सत्तामा आए बोल्न र रुन पनि पाइँदैन भन्ने आफ्नो भनाइ सत्य सावित भएको भन्दै उनले न्यायालय, प्रेस र मानवअधिकारमाथिको हस्तक्षेप र नियन्त्रणमुखी बिधेयकबाटै सरकारको नियत स्पष्ट भएको दावी गरे । ‘ओली सरकारले अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकार खोस्न खोज्दैछ । प्रजातान्त्रिक मूल्य र मान्यता सिध्याउने दिशामा अगाडि बढेको छ’, देउवाले भने ।

लोकतान्त्रिक गणतन्त्र र संविधानबिरुद्ध चालिएका यस्ता कदम नसच्चिए संघर्षमा जाने चेतावनी देउवाले दिए । ‘विकास, सुशासन र शान्तिसुरक्षाको सवालमा असफल भइसकेको सरकारले जनतालाई करै कर लगाएर त्रासमय बातावरण सिर्जना गरेको छ’, देउवाले भने । प्रजातन्त्रकै लागि काँग्रेस जन्मिएको भन्दै देउवाले अधिनायकबाद र सर्वसत्ताबादबिरुद्ध लड्न गुट उपगुट अन्त्य गरी काँग्रेसलाई बलियो बनाउने बताए । पार्टीमा भावनात्मक एकता आवश्यक भएको उनको भनाइ थियो ।

बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा गुट उपगुट अन्त्य गर्न न्याय निश्पक्षता र पारदर्शीता हुनुपर्ने बताए । पौडेलले कम्युनिष्ट सरकारले प्रजातान्त्रिक मुल्य मान्यता र संविधानको मर्ममाथि नै प्रहार गरिरहेको बताए । कम्युनिस्टसँग राष्ट्र निर्माणको कुनै दृष्टिकोण र विकासका प्राथमिकता छुट्याउने क्षमता नरहेको भन्दै उनले समुद्ध राष्ट्र निर्माणको दृष्टिकोण काँग्रेससँग मात्रै रहेको दाबी गरे । सरकारी ढुकुटी बाँडेर आफना नेता कार्यकर्ता पोस्ने र नयाँ बर्ग जन्माउने अभियानमा सरकार लागेको आरोप उनले लगाए ।
नागरिकबाट

Logo