श्रीमती, सासु र सालालाई खुकुरी प्रहार गरी फरार

श्रीमती, सासु र सालालाई खुकुरी प्रहार गरी फरार


अर्घाखाँचीमा एक युवाले श्रीमती, सासु र सालालाई खुकुरी प्रहार गरेर फरार भएका छन्।

खुकुरी प्रहारवाट श्रीमती १८ वर्षिया गीता घर्ती, सासु ४३ वर्षीया भूमकला क्षेत्री र साला ११ वर्षिय अर्जुन क्षेत्री गम्भीर घाइते भएका छन्।  घाइते तीनै जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटवल लगिएको थियो  । त्यहा पनि उपचार हुन् नसकेपछि चितवनको पुरानो मेडिकल कलेजमा लगिएको छ ।

भूमिकास्थान नगरपालिका ६ का २७ वर्षीय चिरन घर्तीले सोमबार राती भूमिकास्थान नगरपालिका वडा नम्बर ८ लम्चीमा ससुरालीमा गएर खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टका अनुसार मुख छोपेर राती ससुराली पुगेका उनले तीनजनालाई खुकुरी प्रहार गरी भागेका थिए । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

Logo