अब सार्वजनिक यातायातको भाडा नतिर्नेलाई ५ हजार सम्म जरिवाना

अब सार्वजनिक यातायातको भाडा नतिर्नेलाई ५ हजार सम्म जरिवाना


काठमाडौं । तपाईले सार्वजनिक यातायातमा चढ्दा कति पटक भाडा नतिरि बाहिरिनु भएको छ ? वा पैसा नै बोक्नु विर्सेछु भन्दै भाडा नदिइन हिड्नु भएको छ ? अब भने त्यस्तो बाहनाबाजी चल्ने छैन् । सार्वजनिक सवारीको भाडा नतिरे ५ हजार रुपैयाँ सम्म जरिवाना तिर्नुपर्नेछ । त्यसको लागि सवारी चालक वा सहचाकले ट्राफिक प्रहरीसमक्ष उजुरी गर्नुपर्नेछ ।

सरकारले प्रतिनिधिसभामा दर्ता गराएको यातायात प्राधिकरण विधेयकमा सार्वजनिक यातायातमा भाडा नतिर्ने यात्रुलाई कम्तिमा एक हजार देखि पाँच हजार रुपैयाँसम्म जरिवानाको प्रावधान राखिएको छ । यस्तो जरिवाना गाडी मालिक, चालक वा सहचालक आफैंले गर्न पाउने छैन् । त्यसको अधिकार ट्राफिक प्रहरीको कम्तिमा सहायक निरिक्षक (सई) लाई दिइनेछ ।

अनावयश्यक सहुलियत मागे पनि जरिवानाः
अहिले विभिन्न वाहनामा सार्वजनिक यातायातमा सहुलियत, तथा सुविधा माग्ने गरिन्छ । नक्कली कार्ड देखाएर पनि भाडा सहुलियत माग्ने हुन्छन् । अब त्यस्ता यात्रूहरूलाई पनि सोही बमोजिक बढीमा पाँच हजार सम्म जरिवाना हुनेछ ।

त्यस्तै जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालबालिकासँग दुर्व्यवहार गर्ने र भाडा नउठाउने कर्मचारीलाई पनि कारवाही हुनेछ । संसदमा दर्ता भएको विधेयक दुवै सदनबाट पारित भएपछि राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुनेछ ।

Logo