सुनको मूल्यले राख्यो ऐतिहासिक रेकर्ड, एकैदिन १५ सयले बढ्यो

सुनको मूल्यले राख्यो ऐतिहासिक रेकर्ड, एकैदिन १५ सयले बढ्यो


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन १५ सयले बढेर नयाँ रेकर्ड कायम राखेको छ । आइतबार ६६ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य सोमबार १५ सयले बढेर प्रतितोला ६७ हजार ८ सय रुपैयाँ पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ६७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ६७ हजार ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारका लागि तोकिएको सुनको मूल्य नेपाली सुन बजारको सबै भन्दा उच्च रहेको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ । गत शुक्रबार पनि सुनको भाउ ६५ हजार ८ सय पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको बढोत्तरीको असर नेपाली बजारमा देखिएको नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव धर्मसुन्दर बज्राचार्यले जानकारी दिए । अमेरिका र इरानबीचको बढ्दो तनाव तथा अमेरिका चीन व्यापार युद्धका कारण सुनको मूल्य प्रभावित भइरहेको उनको भनाई छ ।

मूल्य आकासिएपछि पुराना सुन बिक्री गर्ने ग्राहक बढेका छन् भने नयाँ सुन किन्न आउने ग्राहक आउँनैै छाडेको व्यवसायीहरूको भनाई छ ।

Logo