प्रधानमन्त्रीले संविधानको चीरहरण गरेको कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष

प्रधानमन्त्रीले संविधानको चीरहरण गरेको कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष


काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानको चीरहरण गरेको निष्कर्ष निकालेको छ ।

आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक कदम चालेर संसद विघटन गरेको भन्दै भर्त्सना गरेको हो । बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गरेर देशलाई अस्थिरता तिर लैजाने र लोकतन्त्रमाथि संकट पैदा गर्ने काम भएकोले सडकबाट सामना गर्ने निर्णय भएको बताए ।

उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले देशको संविधानको चीरहरण गर्दै अहिले संसद विघटन गर्नुभयो यो कुनैपनि हालतमा बैधानिक छैन । नेपालको संविधानलाई चीरहरण गरिएको छ । आलोकतान्त्रिक कदम प्रधानमन्त्रीले चाल्नु भएको छ र यसको नेपाली कांग्रेसले घोर भर्त्सना गर्दछ । यसले राष्ट्रलाई अस्थिरता तिर लैजाने र लोकतन्त्रलाई संकटतिर लैजाने छ । यो अत्यन्त निन्दनिय काम भयो हामी यसको सामना गर्छौं ।’

यस्तै नेता रमेश लेखकले संसद विघटन गरिएको प्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको बताए । बैठकले सरकारको अधिनायकवादी, सर्वसत्तावादी र निरंकुश चरित्रबाट उत्पन्न निन्दनीय कार्य भएको ठहर गरेको पनि नेता लेखकले बताए।

आगामी दिनमा पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा संसदमा रहेका अन्य राजनीतिक दलहरुसँग सल्लाह गरि अगाडि बढ्ने निर्णय गरेको पनि नेता लेखकले बताए।

Logo