नेपाल टेलिकम र एनसेलको टावरमा आगजनी

नेपाल टेलिकम र एनसेलको टावरमा आगजनी


गुल्मी,
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मा रहेको नेपाल टेलिकमको टावरमा अज्ञात समूहले आगजनी गरेको छ ।

गएराति उक्त टावरमा आगजनी भएको प्रहरी चौकी पालीले जनाएको छ । आगलागीबाट टावरमा क्षति भएको प्रहरीको भनाईं छ । आगो कसले र किन लगायो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । आगो लगाउने समूहको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

यस्तै ललितपुरको कोञ्जोसोम गाउँपालिका शङखुमा रहेको एनसेलको टावरमा पनि आगजनी र विष्फोटको प्रयास भएको छ । परिचय नखुलेको समूहले बुधबार राति टावरमा आगजनी र तोडफोडको प्रयास गरेको प्रहरीले जनाएको छ । टावर नजिकै बम जस्तै शंकास्पद बस्तु भेटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ ।

Logo