संसद् विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली पुगे शितलनिवास

संसद् विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली पुगे शितलनिवास


काठमाडौं ।

संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शितलनिवास पुगेका छन् ।

आज बिहान बसेको मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठकले संसद विघटनको प्रस्ताव गरेको थियो ।

सोही प्रस्ताव लिएर ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका हुन् । राष्ट्रपतिले मन्त्रिपरिषदको प्रतिनिधि सभा विघटनको प्रस्ताव अनुमोदन गरेमा संसद भंग हुने संवैधानिक व्यवस्था छ ।

यता मन्त्रिपरिषद्को आजको आकस्मिक बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने प्रस्ताव गरेपछि नेकपाभित्रै विरोध भएको छ । उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको बताउँदै यसको प्रतिवाद गर्ने जनाएको छ ।

प्रधानमन्त्रीको यो कदमले नेपाली राजनीतिमा एकाएक नयाँ मोड ल्याइदिएको छ ।

Logo