विपद्मा उद्दार तथा राहतका लागि मन्त्रिपरिषदले के निर्णय गर्‍यो ?

विपद्मा उद्दार तथा राहतका लागि मन्त्रिपरिषदले के निर्णय गर्‍यो ?


काठमाडौं । सरकारले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्दार र उपचारको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । आईतबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्दार र उपचारका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो ।

बैठकले त्यसका लागि सबै निकायसँग समन्वय गरेर काम गर्न गृह मन्त्रालयलाई पनि निर्देशन दिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

बैठकले गृह मन्त्रालयले माहतका सबै निकायसँग तथ्यांक संकलन गरेपछि मात्रै पीडितहरुका लागि आवश्यक आवास पुनर्निर्माणको कामलाई अघि बढाउने निर्णय पनि गरेको छ ।

सरकारले पीडितहरुको राहत, उद्दार र उपचारको काममा आवश्यक समन्वय गर्न संघीय, प्रदेश र स्थानीय तहका सबै जनप्रतिनिधिहरुलाई आग्रह पनि गरेको छ ।

त्यसैगरी सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध बाटो, विद्युत, संचारलगायतका अति आवश्यकीय सेवा तत्काल सुचारु गराउन पनि सम्बन्धित निकायलाई परिचालन गरिएको जनाएको छ ।

मन्त्री बास्कोटाले सो घटनापछि स्वतहस्र्फूत रुपमा उद्दार, राहत तथा उपचारमा खटने सुरक्षा निकाय, अस्पताल, चिकित्सक, सरकारी तथा गैरसरकारी सबै संस्थाहरुलाई पनि धन्यवाद दिइएको जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले आईतबार अपरान्हसम्म सो घटनामा परी ५१ जनाको मृत्यु भएको पुष्टि गरेको छ । त्यसैगरी ३१ जना वेपत्ता भएको, २८ जना घाईते भएको र १० हजार ३ सय ८५ जना घरधुरी विस्थापित भएको मन्त्रिपरिषद बैठकको निर्णयमा उल्लेख गरिएको छ । तर पछिल्लो अपडेट अनुसार मर्नेको संख्या ६० पुगेको छ ।

मन्त्रिपरिषद बैठकले सो घटनामा परी निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको भने घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

Logo