११ लाख फलोअर्स पुगेपछि बाबुराम मख्ख

११ लाख फलोअर्स पुगेपछि बाबुराम मख्ख


समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो ट्वीटर फलोअर्स ११ लाख पुगेकोमा खुसी व्यक्त गरेका छन् । भट्टराईले आज एक ट्वीट गर्दै सबैलाई धन्यबाद व्यक्त गरेका हुन् ।

केही सिक्ने, बुझ्ने, सुन्ने र आफ्ना विचार/टिप्पणी गर्ने अवसर पाएको बताउदै नेता भट्टराईले लेखेका छन्, ‘ ट्विटरको माध्यमबाट जोडिनुभएका ११ लाख मित्रहरूलाई धन्यवाद । केही सिक्ने, बुझ्ने, सुन्ने र आफ्ना विचार/टिप्पणी सिधै यहाँहरूसम्म पुगोस् भन्ने हेतुले ट्विटरमा छु । यसलाई बहस, संवाद र सूचना आदानप्रदानको मर्यादित मञ्च बनाऔं ।’

सामाजिक संजालमा सबैभन्दा बढी अपडेट हुने नेताहरु मध्ये भट्टराईको नाम अग्रपंक्तिमा आउँछ।

Logo