जब ड्युटीमै निदाए प्रहरी

जब ड्युटीमै निदाए प्रहरी


झापा । जिल्ला मालपोत कार्यालय झापामा सुरक्षार्थ खटिएका प्रहरी हवल्दार ड्युटीको समयमा निदाएको भेटिएको छ । सरकारी कार्यालयमा शान्ति सुरक्षाका लागि खटिएका प्रहरी नै ड्युटीमा निदाएका हुन् ।

मालपोतको सुरक्षार्थ राखिएको सुरक्षा पोस्टमा मध्याह्नको समयमा प्रहरी हबल्दार मस्त निदाएका हुन् । उनी निदाएको सञ्चारकर्मीहरुले धेरै पटक निगरानी गरिरहे पनि उनको निद्रा खुलेको थिएन । करिब १५ मिनटसम्म बस्दा पनि उनी नब्युँझेपछि नजिकै गएर फोटो खिच्दा समेत उनले पत्तो नै पाएनन।

प्रहरीको नियमअनुसार ड्युटीमा खटिएका सुरक्षाकर्मी निदाउन पाउँदैनन् । प्रहरीको पोसाकमा सुरक्षार्थ बसेका प्रहरी निदाउन नसक्ने झापा प्रहरी प्रवक्ता डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

नेपाल प्रहरीका कर्मचारी बेला बेला विभिन्न प्रकरणले आलोचित बन्दै गएका छन् । कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणमा प्रहरी अधिकारी मुछिएपछि प्रहरीको शाखमा टिकाटिप्पणी उठ्दै आएको छ ।

Logo