‘गलबन्दी’मा अल्झियो राजनीति: “कुजात भनेर अपमान गरियो”- सांसद विश्वकर्मा

‘गलबन्दी’मा अल्झियो राजनीति: “कुजात भनेर अपमान गरियो”- सांसद विश्वकर्मा


गायक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको गीत ‘गलबन्दी’ को विवादले आज पनि संसदमा प्रवेश पाएको छ।

सत्तारुढ नेकपाकी सांसद विमला विश्वकर्माले ‘गलबन्दी’ गीतका गायकद्वयलाई कुजात भनेर अपमान गरिएको बताएकी हुन्। मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले भनिन्, ‘छोटो समयमा धेरै नेपालीहरूको मनमस्तिष्कमा पुग्न सफल गीत गाउने कलाकारहरूलाई अछूत, कुजात भनेर अपमान गरियो।’

उनले शम्भु राईलाई समर्थन गर्ने क्रममा दलित समुदायहरूलाई अपमान गर्ने काम हुँदा पनि सरकार मुखदर्शक बनेको बताइन्। यसै बिषयमा सोमबार नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले संसदमा बिरोध जनाएका थिए ।

Logo