गायक मागिया क्षितिजलाई लिएर सार्वजनिक (भिडियो सहित)

गायक मागिया क्षितिजलाई लिएर सार्वजनिक (भिडियो सहित)


काठमाडौं,

दर्जन भन्दा वढी गीत सार्वजनिक गरिसकेका गायक ईश्वर मागियाको ‘क्षितिजलाई’ बोलको गीत सार्वजनिक भएको छ । एच.एम.एम मिडियाको अफिसियल युट्युबमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । मागियाको आवाज रहेको गीतलाई नवराज क्षितिजले लेखेका हुन् ।

संगितकार राम सिटौलाले संगीत दिएको गीतको म्युजिक भिडियोलाई हुत्त सञ्जय लामाले निर्देशन गरेका छन् । गीतको भिडियोमा बिक्रम थोकर, अमृता गोले, राजु तामाङ, विष्णु सुनुवार लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

गीतको भिडियो प्रज्जल राउतले खिचेका हुन् भने म्युजिक भिडियोको सम्पादन अर्जुन खड्काले गरेका छन् । हेरौं भिडियोमा:

Logo