विराटनगरबाटै अब लाइसेन्सको नविकरण

विराटनगर

यातायात व्यवस्था सेवा कार्यालय विराटनगर खार्जीबाट चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) नविकरण कार्यको शुभारम्भ भएको छ । सो कार्यालयबाट सेवाग्राहीलाई नविकरण शुल्क बुझेको रसिद हस्तान्तरण गर्दै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सेवाको शुभारम्भ गरेका हुन् ।

विराटनगर सेवा कार्यालयले वार्षिक सवारी कर, सवारी धनी प्रमाणपत्र (ब्लु वुक) नविकरण, बाटो इजाजत नविकरण, सवारी साधन जाँचपास, अस्थायी रुट इजाजत (पटके) र सवारी साधन कर उठाउने लगायतका ६ प्रकारको काम गर्दै आएकोमा अब देखि सवारी अनुमतिपत्र नविकरणको काम पनि हुने भएको छ ।

नविकरण सेवाको शुभारम्भ गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पण्डितले सवारी चालक अनुमतिपत्र नविकरण जस्ता सहज कार्यमा सेवाग्राहीले बेहोर्नु पर्ने समस्या र झन्झट अब अन्त्य भएको बताए । उनले जनताले घण्टौं लाइनमा बस्नुपर्ने र महिनौ लाग्ने कार्य अन्त्य गरी छिटोछरितो सेवा प्रदान गर्न सरकार क्रियाशील भएर अघि बढेको बताए ।
नेपाल समाचारपत्रबाट