विराट कोहलीलाई अफगानस्तानविरुद्धको खेल पर्‍यो निकै महंगो

विराट कोहलीलाई अफगानस्तानविरुद्धको खेल पर्‍यो निकै महंगो


काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भारतीय टिमका कप्तान विराट कोहलीमाथि कारवाही गरेको छ । अम्पायरसँग अनुचित व्यवहार गरेको भन्दै आईसीसीले जरिवाना तिराएको हो ।

शनिबार अफगानिस्तानविरुद्धको खेलमा आवश्यकताभन्दा बढी अपिल गरेपछि कोहलीमाथि म्याच फिसको २५ प्रतिशत जरिवाना तोकिएको हो । अम्पायरसँग नराम्रो व्यवहार गरेपछि आईसीसीले कोहलीविरुद्ध यो कदम चालेको हो ।

आईसीसीले आइतबार एक बयान जारी गर्दै कोहलीले २९ औं ओभरमा अम्पाएर अलीम डारको नजिक गएर आक्रामक र गलत तरिकाबाट एलबीडब्ल्यूको अपिल गरेको जनाएको छ ।

कोहलीले पनि आफ्नो गल्ती स्वीकारेका छन् । सन् २०१६ मा रिवाइज्ड कोड लागू भएपछि कोहलीको यो दोेस्रो गल्ती हो । अफगानिस्तानविरुद्धको खेलमा भारत ११ रनले विजयी भएको थियो ।

Logo