रेखा थापा प्रेम सम्बन्धमा, कसले चोर्यो मन ?

रेखा थापा प्रेम सम्बन्धमा, कसले चोर्यो मन ?


हालै रेखा थापाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस सेयर गरेकी छिन् । क्याप्सनमा कसले चोर्यो मेरो मन लेख्दै चलचित्र ‘कसले चोर्यो मेरो मन’ को टाइटल गीत सेयर गरेकी छिन् । उनले नै निर्माण गरेको चलचित्र ‘कसले चोर्यो मेरो मन’ करिब ८ वर्ष अघि रिलिज भएको थियो । शबिर श्रेष्ठ निर्देशित चलचित्रमा रेखाको अपोजिटमा आर्यन सिग्देल देखिएका थिए ।

माया प्रेम र बिबाहको बारेमा खुलेर कुरा गर्ने रेखालाई बिबाहको बारेमा प्रश्न गर्दा भने जस्तो केटा नपाएको र भने जस्तो केटा पाए बिबाह गर्ने बताउँदै आएकी थिइन् । उनी ‘बरु तपाईहरुले नै केटा खोज्दिनुस न ?’ समेत भन्थिन् । उनले यो गीत सेयर गर्नुमा उनी अहिले प्रेममा परेको अड्कल काट्न सकिन्छ । सायद उनले भने जस्तो केटा पाए जस्तो छ । घुमाउरो तरिकाले उनले नयाँ सम्बन्ध भएको स्वीकारेकी छिन् ।

त्यसो त नेपाली सिने जगतमा रेखा थापालाई दुई भिन्न पाटोबाट हेर्ने गरिन्छ । एकातिर उनको छवी यस्तो जुुझारु अभिनेत्रीको रुपमा छ, जसले सिंगो फिल्म बोक्न सक्छ । हिम्मतवालीको ट्याग भिरेकी रेखा चलचित्रमा नायकको रुपमा देखिन्छिन् । अर्थात उनले चलचित्रमा मुख्य भुमिका निर्वाह गर्छिन र त्यो फिल्म व्यवसायिक हिसाबले सफल पनि हुन्छ । हिम्मतवाली, रामप्यारी, हिरो, हिफाजत, काली यसको उदाहरण हुन् ।

अर्काे पाटोबाट हेर्दा कन्ट्रोभसी क्वीन हुन् । प्राय उनी विवादमा मुछिन्छिन् । नेपाली चलचित्र क्षेत्रमा उनको विवादास्पद छवी छताछुल्ल छ । अझ यसो भनौ यस्तो समय हुँदैन् जतिबेला उनी विवाद मुक्त हुन्नन् । कहिले पत्रकारलाई ‘हट टपिक’ बनाएको भन्दै थप्पड हानेर विवादित बनिन भने कहिले प्रचन्डसँग नाचेर ।

एक ताका चलचित्र हिम्मतवालीको नायक सुदर्शन गौतमसँग प्रेम रहेको हल्ला पनि नफैलेको होइन । तर चलचित्र रिलिज भएसँगै त्यो प्रेम पनि हल्लामै सिमित रह्यो । कतिले त ‘पब्लिसिटी स्टन्ट’ चलचित्र चलाउने उपाय भनेर पनि आरोप लगाए । निर्देशक छविराज ओझासँग बिवाह गरेकी रेखा थापाको बैवाहिक सम्बन्ध लामो समयसम्म टिकेन ।

 

Logo