यसरी मनाए काभ्रेका माझीहरुले घाट पूजा (फोटो फिचर)

यसरी मनाए काभ्रेका माझीहरुले घाट पूजा (फोटो फिचर)


काभ्रे जिल्लााको भूम्लु गाउँपालीका वडा नं ५, साविक कोलानी भूम्लुमा ३ वटा माझी बस्तीहरुले उनीहरुले गर्दै आएको मध्ये सबैभन्दा ठूलो घाट पूजा सम्पन्न गरेका छन् ।

उक्त ३ गाउँका बासिन्दालाई मास्लो गाउँ, तल्लो गाउँ र बेसी गाउँ भनेर चिन्ने गरिन्छ । यहाँका माझीहरुका पनि अरुको जस्तै आफ्नै चाड र पर्वहरु छन् ।

जसमध्ये घाटपूजा उनीहरुको मुख्य पूजा हो । करिब ३-३ किलोमिटरको अन्तरमा रहेको यो माझी समुदायले विधिपूर्वक आफ्नै भेषभुषामा सझिएर आफुले प्रयोग गर्दै आएका सामाग्रीहरु जाल, घोल्र्याङ,फुर्लुङ, जाबी र आफ्नै समुदायको बाजागाजा सहित तीनवटै बस्ती धुमधामका साथ परिक्रमा गरेर घाट पूजा मनाएको हो ।

गाउँ परिक्रमा गरिसकेपछि नदीको  छेउमा गएर नदी वारपार गर्ने र डुंगालाई सिँगारेर सबै सम्प्रदायहरु जम्मा भएर यो पूजा गर्ने गरिन्छ ।

घाट पूजामा नदी, जमिन, डुंगा तथा माझीले प्रयोग गर्ने सम्पूर्ण सामाग्रीहरु पूजा गर्ने प्रचलन रहेको छ । पूजाको क्रममा उनीहरुले आफ्नै भेषभुषामा आफ्नै भाषा शैली र आफ्नै भाषामा गीत गाई रमाइलो गरेर घाट पूजा मनाईएको स्थानीय भूम्लु गाउँपालीका ६ का पुरुषोत्तम माझीले जानकारी दिए ।

साथै प्रसाद खाईसकेपछि पनि पुनः रमाईलो गर्दै आ-आफ्नो घर जाने चलन रहेको स्थनीय पुरुषोत्तम माझीले  बताए । उक्त पूजामा सहभागि बन्न नजिकका अन्य बस्तीहरुलाई पनि बोलाउने गरेको उनले बताए ।

Logo