लोक सेवाको फाराम भर्ने साढे दुई लाख

लोक सेवाको फाराम भर्ने साढे दुई लाख


काठमाडौँ,

लोकसेवा आयोगले स्थानीय तहमा रिक्त नौ हजार भन्दा बढी पदका लागि माग गरेको विज्ञापनका लागि शनिबार दिउँसोसम्म साढे दुई लाखभन्दा बढीले फाराम भरेका छन् । असार ३ गतेसम्म फाराम भर्ने मिति तोकिएकोमा अनलाइन फाराम भर्न केही समस्या आएपछि आयोगले असार १० गतेसम्मका लागि अवधि थप गरेको छ ।

शनिबार दिनको साढे ३ बजेसम्म दुई लाख ५५ हजार ७२६ परीक्षार्थीले अनलाइन फाराम भरेका छन् । जसमध्ये १ लाख ५२ हजार ७६३ खुला ६१ हजार ८०० महिला, २७ हजार ५०४ जनजाति आदिवासी, १६ हजार २५२ मधेसी, एक हजार ९७४ दलित, १०२ अपाङ्गता भएका र ८३ पिछडिएको क्षेत्रबाट फाराम भरेको जानकारी आयोगका प्रवक्ता किरणराज शर्माले दिनुभयो ।

यता कुल ७५३ स्थानीय तहमध्ये ५१५ स्थानीय तहमा रिक्त करिब नौ हजार पदका लागि विज्ञापन भएपछि त्यसमा समावेशी प्रश्न उठाएर सडकमा विरोधदेखि सर्वोच्चमा मुद्दासमेत विचाराधीन छ ।
गोरखापत्रबाट

Logo