लुम्बिनी विकास बैंक र सम्सारा रेमिटबीच सम्झौता

लुम्बिनी विकास बैंक र सम्सारा रेमिटबीच सम्झौता


काठमाडौँ,

लुम्बिनी विकास बैंक र सम्सारा रेमिटबीच विप्रेषण कारोबार सम्झौता भएको छ । सम्झौता अनुसार स्वदेश तथा विदेशबाट सम्सारा रेमिटमार्फत आएको पैसा ग्राहकले लुम्बिनी विकास बैंकका शाखा कार्यालयबाट भुक्तानी लिन सक्नेछन् ।

त्यस्तै, बैंकको लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकले सम्सारा रेमिटको नेपाल भरका सम्पूर्ण एजेन्सीमार्फत भुक्तानी लिन सक्नेछन् । सम्झौतामा लुम्बिनी विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र सम्सारा रेमिटका कार्यकारी उपाध्यक्ष जीवनबाबु श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

Logo