विश्वकप क्रिकेट : भारत र न्युजिल्याण्ड विजयी

विश्वकप क्रिकेट : भारत र न्युजिल्याण्ड विजयी


काठमाडौँ,

भारतले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा सबैभन्दा कमजोर टोली अफगानिस्तानमाथि ११ रनको कठिन जित हात पारेको छ ।

भारतले दिएको २२५ रनको मध्यम लक्ष्य पछ्याएको अफगानिस्तानले ४९.५ ओभरमा अलआउट हुनुअघि २१३ रन बनायो ।

शनिबारको खेलमा अफगानिस्तानका अन्तिम तीन ब्याट्सम्यानलाई आउट गरी भारतका मोहम्मद शामीले जारी विश्वकपमा पहिलो ह्याट्रिक लिएका छन् ।

त्यस्तै शनिबार नै भएको वेष्टइण्डिज र न्युजिल्याण्डवीचको खेलमा न्युजिल्याण्डले जित हात पारेको छ । न्युजिल्याण्ड वेष्ट इण्डिजसँग ५ रनले विजयी भएको हो । आज पाकिस्तान र दक्षिण अफ्रिकावीच खेल हुने तालिका छ ।

Logo