विमान दुर्घटनामा नौ जनाको मृत्यु

विमान दुर्घटनामा नौ जनाको मृत्यु


लस एन्जेलस ,

हवाईको ओआहु टापुमा यात्रुवाहाक विमान दुर्घटना हुदा विमानमा रहेका सवैको मृत्यु भएको छ ।

शुक्रबार बेलुका दुर्घटनामा परेको विमानमा नौ जना रहेका र सवैको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
हवाईको यातायात विभागले विमान दुर्घटना भएको र नौ जनाको मृत्यु भएको पुष्टि गर्दै ट्वीटरमार्फत् घटनाप्रति दुःख व्यक्त गरेको छ ।

स्थानीय हवाई न्युज नाउ वेबसाईटले पनि अग्नी नियन्त्रण विभागमा यो घटना सम्वन्धी पहिलो फोन स्थानीय समयानुसार बेलुका साढे छ बजे आएको समाचार लेखेको छ ।

खबर पाएपछि घटनास्थलमा पुगेका अग्नी नियन्त्रकहरुले विमान पुरै जलेर नष्ट भइसकेको अवस्थामा देखेको जानकारी दिएका छन् ।

रासस

Logo