राजनीतिक नेतृत्वले आत्मसमिक्षा गर्ने बेला भयो: माधव नेपाल

राजनीतिक नेतृत्वले आत्मसमिक्षा गर्ने बेला भयो: माधव नेपाल


नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले राजनीतिक नेतृत्वले आत्मसमिक्षा गर्नुपर्ने समय आएको बताएका छन् । थाहा दर्शनका प्रवर्तक रुपचन्द्र बिष्टको २० औँ स्मृति दिवसका अवसरमा राजधानी काठमाडौमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले जनअपेक्षा अनुसार काम गर्न सकियो /सकिएन भनि राजनीतिक नेतृत्वले आत्मसमिक्षा गर्नुपर्ने समय आएको बताएका हुन् ।

उनले गरीबी, अभाव, वेरोजगारी, विकृति, विसंगतीको अन्त्य गर्दे सुखी नेपाली सम्मृद्ध नेपालको चाहाना पुरा गर्नका लागि कार्य प्रगतीको समिक्षा र वहसको आवश्यकता आँैल्याएका हुन् । आर्थिक सम्मृद्धिको नाराले मात्रै मुलुक र मुलुकबासीको चाहाना र अपेक्षा पुरा हुन नसक्ने भन्दै उनले समाजले चाहेको आवश्यक्तालाई नेतृत्वले बुझ्न सक्नुपर्ने बताए ।

उनले भने, “आत्मसमिक्षा गर्नुपर्ने छ । साँच्चै जनताले आशा अपेक्षा गरे बमोजिम, सबैले हामी संग माग गरे बमोजिम हामीले आफ्नो भूमिका प्रभावकारी रुपमा निर्वाह गर्न सकिरहेका छौं  ? यदि सकिरहेका छैनौ भने कसरी सकिन्छ त ? आत्मचिन्तनको खाँचो छ । आत्मनिरीक्षण र आत्मपरीक्षाको खाँचो पनि छ । ”

पुर्व प्रधानमन्त्री नेपालले जनचाहाना पुरा गर्नका लागि राजनीतिक नेतृत्वले आफ्नो आचरण , बानीव्यहोरा र संस्कारमा पनि परिर्वतन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

Logo