विश्वकप क्रिकेटमा आज श्रीलंका र इंग्ल्याण्ड भिड्दै

विश्वकप क्रिकेटमा आज श्रीलंका र इंग्ल्याण्ड भिड्दै


विश्वकप क्रिकेट प्रतियोगितामा आज श्रीलंका र इंग्ल्याण्ड भिड्दैछन् ।

इंग्ल्याण्ड ८ अंकको साथ तेश्रो स्थानमा रहेको छ । पाकिस्तानसँग १४ रनले पराजय भएपनि इंग्ल्याण्डले बाँकी सबै खेलमा जित निकाल्न सफल भएको थियो ।

सन् १९९६ को विश्वकप विजेता श्रीलंका ४ अंकको साथ छैटौैँ स्थानमा रहेको छ । अफगानिस्तानलाई ३४ रनले पराजित गरेको श्रीलंका न्युुजिल्याण्ड र अष्ट्रेलियासँग पराजित भएको थियो ।  विश्वकपमा अहिलेसम्मका ५ खेलमा उसले एउटा मात्र जितेको छ । दुई खेल वर्षाले रद्ध भएको थियो ।

यो खेल नेपाली समय अनुसार सवा ३ बजे लिड्समा सुरु हुँदैछ ।

Logo