विश्वकप क्रिकेट: श्रीलंकाबिरुद्ध ब्याटिङ् गर्दै अष्ट्रेलिया

विश्वकप क्रिकेट: श्रीलंकाबिरुद्ध ब्याटिङ् गर्दै अष्ट्रेलिया


आइसीसी एकदिवसिय विश्वकप क्रिकेटमा श्रीलंकाले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि अष्ट्रेलियाले ब्याटिङ् गर्ने भएको छ ।

अष्ट्रेलियाले यस विश्वकपमा सन्तुलित प्रदर्शन गरिरेको छ । बल टेम्परिङ प्रकरणपछि प्रतिबन्ध झेलेर पुनरागमन गरेका वार्नर र स्टिभ स्मिथले आफूलाई पुनः प्रमाणित गरिसकेका छन् । श्रीलंकाबिरुद्धको खेलमा पनि उनीहरु नै निर्णायक हुन सक्नेछन् । श्रीलंकालाई पराजित गरेमा अष्ट्रेलिया शीर्ष स्थानमा पुग्नेछ ।

शुक्रबार राति वेष्ट इण्डिजलाई ८ विकेटले हराएसँगै इंग्ल्याण्ड दोस्रो स्थानमा उक्लिएपछि ४ खेलबाट ६ अंक जोडेको अष्ट्रेलिया अंकतालिकाको तेस्रो स्थानमा छ ।

लण्डनको ओभल मैदानमा श्रीलंकालाई आज जित्नै पर्ने दबाव छ । प्रतियोगिताको सुरुआती २ खेलको विश्लेषण गर्दा श्रीलंकाली टोली यसपल्ट निकै कमजोर देखिएको छ । इंग्ल्याण्डको पीचमा उसका ब्याट्सम्यानहरुले अफगानिस्तानबिरुद्ध समेत संघर्ष गर्नुपरेको थियो ।

अष्ट्रेलियाबिरुद्ध जित हासिल गर्ने हो भने श्रीलंकाले ब्याटिङ बलिङ र फिल्डङ गरी तीनै पक्षमा आफ्नो स्तर सुधार गर्नुपर्नेछ ।

Logo