प्रथम नेपाली नायिका, जसले १४ वर्षमै खेलिन पहिलो चलचित्र (भिडियो रिपोर्ट)

प्रथम नेपाली नायिका, जसले १४ वर्षमै खेलिन पहिलो चलचित्र (भिडियो रिपोर्ट)


काठमाडौं । इच्छा राख्दैमा इतिहास बनाउन सकिदैन । तर किशोरी भुवन थापाले राखेको इच्छा कहिल्यै नमेटिनेगरी नेपाली चलचित्रको इतिहास बन्यो । हो, भुवन थापा प्रथम नेपाली नायिकाको रुपमा अटल छिन् ।

आमा पहिलो नेपाली चलचित्र हो । यस चलचित्रमा भुवन थापाले नायिकाको भूमीका निर्वाह गर्ने अवसर पाइन् । प्रथम नेपाली चलचित्रको नायिका भएकैले हो, नेपाली चलचित्र इतिहासको कुरा गर्दा उनको नाम अग्रपंक्तिमा आउँछ नै ।

इतिहास अनुसार तत्कालिन राजा महेन्द्रबाट चलचित्र निर्माण गर्न हुकुम भएपछि निर्देशक हिरासिंह खत्री कलाकारको अडिसन लिन कलकत्ताबाट नेपाल आएका थिए । गोरखापत्रमा सूचना पढेर भुवन अडिसन दिन गएकी थिइन् । त्यहाँबाट उनी छनौट भईन् ।

कुरो २०२० सालको हो । जतिवेला भुवन, मात्रै १४ बर्षकी थिइन् । उनले चलचित्र आमा खेल्दाको समय हो । यस फिल्मको सार्वजनिक प्रदर्शनी भने ०२२ साल असोज ५ गते काठमाडौं न्युरोडमा रहेको रञ्जना हलमा भएको थियो । उनको थप रोचक तथ्य तलको भिडियोमाः

https://www.youtube.com/watch?v=R_L4YAWrC1I

Logo