बुद्ध एयरको विमान भैरहवामा आकस्मिक अवतरण

बुद्ध एयरको विमान भैरहवामा आकस्मिक अवतरण


काठमाडौं । भद्रपुरबाट काठमाडौं उडेको बुद्ध एयरको विमान भैरहवामा आकस्मिक अवतरण गरिएको छ । काठमाडौंको मौसम खराब भएपछि u4-958 नम्बरको जहाज भैरहवामा आकस्मिक अवतरण गरिएको हो ।

राजधानीमा बुधबार दिउँसो ठूलो पानी परेपछि जहाज अवतरणमा समस्या आएको थियो । बिहान घाम लागेको भएपनि अपरान्ह चार बजेपछि पानी पर्ने थालेको थियो ।

सामान्यतः जेठ वैशाखमा हावाहुरीसहित साँझपख हल्का वर्षा हुने भएपनि बुधबार दिउँसो बर्खामा जस्तै पानी परेको थियो । पानीसँगै केहीबेर असिना पनि परेको थियो ।

 

Logo