जब सलमान खानले ऐश्वर्यको तस्बिर ट्वीट गरे

जब सलमान खानले ऐश्वर्यको तस्बिर ट्वीट गरे


सलमान खान र ऐश्वर्य रायको इतिहास त सबैलाई थाहा नै छ । उनीहरु कुनै समयको लोकप्रिय जोडी थिए । गए राती सलमान खानले अचानक ट्वीटरमा एक तस्विर राखे जसमा ऐश्वर्य राय पनि छिन् । उक्त तस्विर पोष्ट गरेपछि उनीहरुको फ्यानहरुले बबाल मच्चाएका छन् । केहिले सलमानको प्रशंसा गरे भने केहि अचम्मित परेका छन् ।

ऐश्वर्यसँग ब्रेकअप भएपछि उनीहरुको रिलेसनसिपको लिएर चर्चा हुने गर्छ । उनीहरु फिल्म ‘हम दिल दे चुके सनम’ को सेटबाट नजिकिएका थिए र उनीहरु राम्रो साथी बनेका थिए ।

वास्तवमा सञ्जय लिला भन्सालीको भाञ्जी र बेला सहगलको छोरी शरमिन सहगल ‘ममाल’ बाट डेब्यु गर्दैछिन् । सलमानले शरमिनलाई बलिउडमा स्वागत गर्दै शरमिनसँगको एक तस्विर पोष्ट गरेका छन् । तर उक्त तस्बिरमा ऐश्वर्य पनि देखिएकी छिन् ।

खासमा यो तस्विर फिल्म ‘हम दिल दे चुके सनम’ को सेटको हो । सबै सञ्जय लिला भन्सालीको जन्मदिन मनाउँदै गरेको देखिन्छ । उक्त तस्विरमा शरमिन पनि छिन् । शरमिनको मामा सञ्जय लिला भन्साली र आमा बेला सहगल दुवैसँग सलमानले ‘हम दिल दे चुके सनम’ मा काम गरिसकेका छन् ।

जब सलमानले उक्त तस्विर ट्वीट गरे । उनले लगाएको कस्ट्युम देखेर उनको फ्यानलाई फिल्म ‘हम दिल दे चुके सनम’ को तस्बिर हो भनेर पत्ता लगाउन गाह्रो भएन । हुनत सलमानले तस्विर पोष्ट गर्दा ऐश्वर्यको तस्विर ‘क्रप’ गरेका छन् । तर उनको शुभचिन्तकहरुले गसिप बनाउने मौका कहाँ छोड्छन् र ?

Logo