कञ्चनजंघा आरोहण गर्ने क्रममा २ भारतीयको मृत्यु

कञ्चनजंघा आरोहण गर्ने क्रममा २ भारतीयको मृत्यु


काठमाडौं । कञ्चनजंघा आरोहणमा गएका २ भारतीय आरोहीको मृत्यु भएको छ। यस वर्षको सिजन सुरु भएसँगै हिमाल आरोहणमा गएका उनीहरुको मृत्यु भएको हो।

विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघामा आरोहण गरेर फर्किने क्रममा ४८ वर्षका विप्लव वैद्य र ४६ वर्षका कुन्ताल करारको मृत्यु भएको सगरमाथा आधारशिविरमा रहेकी पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिईन् ।

कञ्चनजंघा आरोहणकै क्रममा दक्षिण अमेरिकी मुलुक चिलीका रोडरिगो भिभ्यान्को भने हराइरहेका छन्। चुचुरोमा पुगेपछि उनी सम्पर्कविहीन छन्।

यीमध्ये एक जर्मनी र दुई भारतीय नागरिक बिरामी भएकाले बिहीबार बिहान कैलाश एयरको हेलिकप्टरले उद्धार गरी काठमाडौं ल्याएको छ । यस वर्षको आरोहणमा कञ्चनजंघा आरोहणका लागि १ नेपाली टोलीसहित ५ विदेशी छन् ।

पर्यटन विभागले दिएको जानकारीअनुसार ६ आरोहण टिममा ३४ आरोहीहरुले आरोहणको अनुमति लिएका छन्। कञ्चनजंघा हिमाल ४३ जनाले आरोहण गरेका छन्। त्यस्तै मकालुमा ३२ र ल्होत्सेमा १२ जनाले आरोहण सकेका छन्।

Logo