यूनाइटेड सिमेन्ट्सद्वारा शैक्षिक सामाग्री वितरण

यूनाइटेड सिमेन्ट्सद्वारा शैक्षिक सामाग्री वितरण


केएल दुगड ग्रुप अन्तर्गतको यूनाइटेड सिमेन्ट्स प्रालिले ललितपुर, लेलेस्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । बालबालिकाको शैक्षिक स्तरमा टेवा पुर्याउने उद्धेश्यले कापी, कलम, स्कूल ब्याग लगायतको सामाग्री वितरण गरिएको हो ।

गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा गोदावरी नगरपालिका वडा नं. ५ का अध्यक्ष मिलन सिलवाल, महानगरिय प्रहरी प्रभाग चापागाउका प्रमुख राजकुमार खिउजु, यूनाइटेड सिमेन्ट्स प्रालिका प्रमुख कार्यकारी अधिकृत माधव राज तिमिल्सिना, प्रबन्धक हरी कुमार उप्रेती तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुस्कल महत लगायतका स्थानीय अभिभावकको उपस्थितिमा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।

यूनाइटेड सिमेन्ट्सले विगतमा पनि यस्ता सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि अझ भव्यताका साथ आयोजना गर्ने लक्ष्य रहेको उद्योगका खानी प्रबन्धक हरी कुमार उप्रेतीले बताए ।

अघिल्लो महिनामा मात्रै यूनाइटेड सिमेन्ट्सले धुनिवेशी नगरपालिकामा निःशुल्क स्वास्थ शिविर आयोजना गरेको थियो ।

Logo