टिक-टकमाथि प्रतिबन्ध लगाउन माग

टिक-टकमाथि प्रतिबन्ध लगाउन माग


भारतमा मद्रास उच्च अदालतले केन्द्रिय सरकारसंग लोकप्रिय मनोरञ्जन मोवाइल एप टिक-टक माथि प्रतिबन्ध लगाउनुपर्ने माग गरेको छ ।

अदालतले भारतमा यो एपमाथि तुरुन्तै प्रतिबन्ध लगाउनुपर्ने कारणसहित केन्द्रिय सरकारलाई पत्र लेखेको हो । अदालतले टिक टक जस्ता मोवाइल एप्लिकेशनमा पोर्न सामाग्री समेत उपलब्ध भएकाले तत्कालै यसमाथि प्रतिबन्ध लगाउनुपर्ने जनाएको हो । भारतमा टिक टकले विशेषगरि बालबालिकामाथी नकारात्मक प्रभाव पारिरहेको एक अध्ययनले देखाएको छ ।

इण्डोनेसिया, बंगलादेशजस्ता मुलुकमा टिक टक प्रतिबन्ध छ भने अमेरिकामा बालबालिकालाई यस्ता अनलाइन सामाग्रीबाट जोगाउन नया नियम बनाइएको छ ।

पछिल्लो समय टिक टक बालबालिकाका साथै युवा वर्गमा निकै लोकप्रिय बनिरहेको छ । नेपालमा पनि यसका प्रयोगकर्ता लाखौंको संख्यामा रहेका छन् ।

Logo