आइपीएलः पहिलो खेलमा सन्दीपले कसको विकेट लिए ?

आइपीएलः पहिलो खेलमा सन्दीपले कसको विकेट लिए ?


काठमाडौं । इण्डिन प्रिमियर लिग (आईपीएल) अन्र्तगतको तेस्रो खेलमा दिल्ली क्यापिटल विजयी भयो । निर्धारित २० ओभरमा बराबरी भएपछि खेल सुपर ओभरमा गएको थियो ।

शनिवारको दिल्लीको तेस्रो खेलमा कोलकत्ताविरुद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बलिङ गरे । ४ ओभर बलिङ गरेका सन्दीपले १ विकेट लिए ।

आईपीएलको यस सिजनमा पहिलो पटक खेल्ने मौका पाएका लामिछाने ४ ओभरमा २९ रन दिएर १ विकेट लिए । यस खेलमा सन्दीपको बलिङ दिल्लीका लागि सबैभन्दा किफायती रह्यो । दिल्लीले सन्दीपलाई निकै महत्व दिएको देखिन्छ ।

दिल्ली क्यापिटलले आफ्नो फेसबुक पेजमा सन्दीपबारे एउटा प्रश्न सोधेको छ । त्यसको सही उत्तर दिनेलाई विशेष पुरस्कार दिने भनिएको छ । शनिवार दिल्ली र कोलकत्ताबीच भएको खेलमा सन्दीपले कसको विकेट लिए ? भन्ने प्रश्न गरेको छ । उक्त प्रश्नको सहि जवाफ दिनेलाई आकर्षक पुरस्कार दिने भनिएको छ ।

Whose wicket did Sandeep Lamichhane take in #DCvKKR yesterday? ?Sahi jawaab bataiye aur jeetiye official DC merchandise! ?#FunWithDC #ThisIsNewDelhi #DelhiCapitals #IPL #IPL2019

Posted by Delhi Capitals on Saturday, March 30, 2019

Logo