सशस्त्र प्रहरी परिवार महिला संघ र एपिएफ अस्पतालको संयुक्त आयोजनामा १ दिने स्वास्थ्य शिविर

सशस्त्र प्रहरी परिवार महिला संघ र एपिएफ अस्पतालको संयुक्त आयोजनामा १ दिने स्वास्थ्य शिविर


महोत्तरी ।

सशस्त्र प्रहरी परिवार महिला संघ तथा एपिएफ अस्पतालको संयुक्त आयोजनामा बुधबार महोत्तरी जिल्ला मनरसिसवा नगरपालिका वडा नं ९ स्थित बथनाहा प्राथमिक स्वास्थ्य केन्द्रमा १ दिने स्वास्थ्य शिविर संचालन गरियाे ।

उक्त कार्यक्रममा १६३ जना महिला र १४१ जना पुरुष गरि जम्मा ३०४ जनाले स्वास्थ्य सम्बन्धि सेवा लिएका थिए । साथै सोही कार्यक्रममा स.प्र.बलबाट स्वास्थ्य सामाग्री समेत उक्त वडाका वडाध्यक्ष बलिराम रायलाई हस्तान्तरण गरियाे ।

कार्यक्रमका प्रमुख अतिथिका रुपमा सशस्त्र प्रहरी बल प्रधान कार्यलयबाट आएका सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक रामशरण पौडेलले सशस्त्र प्रहरी बल नेपाल जनताको सुख दुखमा सदैव साथ रहने र नेपालको दुर दराजका गाउँ गाउँमा सशस्त्र प्रहरी बलले स्वास्थ्य , सुरक्षा र शिक्षाको क्षेत्रमा समेत आफ्नो भूमिका निभाउदै जनतालाई टेवा पुर्याउँदै आइरहेको जानकारी गराए ।

उक्त कार्यक्रममा जिल्लास्थित सुरक्षा कार्यालयका प्रमुख, नगरपालिकाका मेयर, प्रमुख जिल्ला अधिकारी तथा सर्वसाधारण समेतको उपस्थित थियो । नगरपालिकाका मेयर संजय कुमार सिंहले कोभिडको महामारी र शान्ति सुरक्षामा सशस्त्र प्रहरीले जनतालाई एउटा साथीको रुपमा विश्वास दिलाउँदै सीमा सुरक्षा जस्तो अति संवेदनशील विषयमा चनाखो भइ सेवा दिइरहेको अवगत गराए ।

सशस्त्र प्रहरी बलबाट आएका प्रा.स.प्र.ना.उ डा. रोशन कुमार झाले यस्तो स्वास्थ्य शिविरले दुर्गम स्थानमा रहेका जनताले प्रत्यक्ष लाभ लिन सकिने कुरामा जोड दिए ।

Logo